राम मन्दिरबाट फर्किरहेका तिर्थ यात्रीहरूले भरिएको बस दुर्घटनाग्रस्त
राम मन्दिरबाट फर्किरहेका तिर्थ यात्रीहरूले भरिएको बस दुर्घटनाग्रस्त


सिलगढ़ी, 25 सेप्टेम्बर (हि.स.)। राम मन्दिरबाट असम फर्किरहेका तिर्थ यात्रीहरूले भरिएको बस शुक्रवार फाँसीदेवाको गोयालटुली मोड़को छेउमा 27 नम्बर राष्ट्रिय राजमार्गमा दुर्घटनाग्रस्त भयो। बसमा 40 जनाभन्दा अधिक यात्रीहरू सवार थिए। यस घटनामा लगभग 30 जना यात्रीहरू घाइते भएको खबर छ।

यात्रीहरू अनुसार उनीहरू सबै असमका निवासी हुन्। राम मन्दिर दर्शन गरेर फर्किरहेका बेला अचानक तीव्र आवाजसितै बस अनियन्त्रित भएर सड़क किनार नालीमा पस्यो।

दुर्घटनामा लगभग 25-30 जना यात्रीहरू घाइते भएका छन्। सूचना पाएर फाँसीदेवा थानाको पुलिस घटनास्थलमा पुग्यो अनि घाइतेहरूलाई फाँसीदेवा अस्पतालमा पठाइदियो। पुलिसले दुर्घटनाग्रस्त बसलाई कब्जामा लिएर दुर्घटनाको कारण पत्तो लगाउन जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande