
सिलगढ़ी, 25 सेप्टेम्बर (हि.स.)। उत्तर बङ्गालको गैर-सञ्चालित चिया बगानहरूलाई फेरि सञ्चालन गर्ने सम्बन्धमा शुक्रवार सिलगढ़ीस्थित श्रमिक भवनमा महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको अध्यक्षता श्रम विभागीय प्रभारी मन्त्री अर्जुन सिंहले गरेका थिए। बैठकमा दार्जीलिङका सांसद राजू बिष्ट सहित सम्बन्धित अधिकारी अनि हितधारकहरू उपस्थित थिए। बैठकमा बन्द अवस्थामा रहेका चिया बगानहरूलाई यथाशीघ्र पुनर्सञ्चालनमा ल्याउनेमाथि चर्चा भयो।
मन्त्री अर्जुन सिंहले भने, चिया बगान प्रबन्धनको लापरवाही, कुप्रबन्धन र लामो समयसम्म जिम्मेवारी निर्वहन नगर्ने स्थितिलाई कायम रहन दिइनेछैन। उनले सबै बन्द अवस्थामा रहेका चिया बगानहरूलाई पुनः खोल्नको लागि ठोस कदम उठाउने निर्देश दिए। बैठकमा यो पनि भनियो, चिया बगानहरूलाई फेरि शुरू गर्ने प्रक्रियामा श्रमिकहरू, स्थानीय हितधारकहरू, सरकार र वित्तीय संस्थानहरूसित समन्वितचर्चा गरिनेछ। यसको उद्देश्य श्रमिकहरूको हित रक्षासँगसँगै चिया बगानहरूको लागि आर्थिक रूपमा दिगो व्यवस्था तयार गर्नु हो।
सांसद राजू बिष्टले भने, दार्जीलिङ पहाड़, तराई एवं डुवर्सका चिया बगानहरू लामो समयदेखिकै उपक्षित र निष्क्रियताबाट प्रभावित रहिआएका छन्। उनले मुख्यन्त्री शुभेन्दु अधिकारी र श्रम मन्त्री अर्जुन सिंहको कदमलाई स्वागत गर्दै भने, चिया बगानको पुनरूद्धारबाट हजारौंं श्रमिकहरू र उनीहरूका परिवारहरूको आजीविका तथा सम्मान बहाल गर्नमा मद्दत पुग्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा