
कोलकाता, 26 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा निम्न दबाव सक्रिय भएको कारण शनिवार सम्पूर्ण राज्यभरि नै मौसम वर्षापूर्ण हुनेछ। राजधानी कोलकाता समेत दक्षिण बङ्गालका जिल्लाहरूमा अधिक आद्रताबीच हल्कादेखि मध्यम वर्षा तथा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। उत्तर बङ्गालका पार्वतीय क्षेत्रहरूमा सहित मैदानी भागहरूमा पनि हावाको वेग तीव्र रहने अनि घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।
मौसम विभाग अनुसार बङ्गालको खाड़ीबाट आइरहेको नम हावा र स्थानीय स्तरमा विकसित दबावको कारणले सारा राज्यमा बादलहरूको आवागमन कायम रहनेछ।
दक्षिण बङ्गालमा आद्रताबाट राहत पाउने आश छैन। कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर तथा बर्धमान जिल्लामा बिहानदेखिकै घाम अनि बादलहरूको ओहोर-दोहोर भइरहेको छ। हावामा नमीको स्तर 80-90 प्रतिशतसम्म रहने हुनाले मानिसहरूलाई च्याप-च्याप्ती तथा पसिनाको सामना गर्नुपर्नेछ। तथापि अपरान्हपछि वा साँझसम्ममा धेरै वटा ठाउँमा हल्कादेखि मध्यम पानी पर्नेछ।
दक्षिण बङ्गालमा अधिकतम तापमान 32-33 डिग्री सेल्सियस र न्यूनतम तापमान लगभग 26 डिग्री सेल्सियस रहने अनुमान छ। अधिक नमीका कारण वास्तविक तापमानभन्दा अधिक गर्मी महसूस हुनेछ।
उत्तर बङ्गालमा मौसम अधिक सक्रिय रहनेछ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, कुचबिहार औ अलिपुरद्वारमा मेघ गर्जनसितै मध्यमदेखि घना वर्षा हुने चेताउनी जारी गरिएको छ। हिमाली क्षेत्रहरूमा वर्षाको कारणले दृश्यता कम हुनसक्छ। तत्लो क्षेत्रहरू पानीमा डुब्नसक्ने स्थिति उत्पन्न हुनसक्छ। मालदा तथा उत्तर एवं दक्षिण दिनाजपुरमा हल्कादेखि मध्यम पानी पर्नसक्छ।
मौसम वैज्ञानिकहरूले वज्रपात हुने आशङ्कालाई ध्यानमा राखेर पानी पर्दा खुल्ला मैदान, खेत अनि रूखमुनि नबस्ने सल्लाह दिएका छन्। समुद्रमा हावाको गति 20-30किलोमीटर प्रतिघण्टा रहने हुनाले मछुआराहरूलाई सतर्कता अप्नाउन भनिएको छ।
आगामी 24 देखि 48 घण्टासम्म राज्यमा मौसमको स्वरूप यस्तै रहने सम्भावना व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा