गांजा तस्करीको आरोपमा एक पक्राउ
गिरफ्तार अभियुक्त


बाँदा, २८ सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको बाँदा जिल्लामा अवैध गाँजा कारोबार तथा तस्करीमा संलग्न गिरोह विरुद्ध कानून अन्तर्गत वाञ्छित आरोपीलाई कालिन्जर थाना पुलिसले सोमवार पक्राउ गरेको छ। आरोपीले आफ्ना साथीहरूसँग मिलेर आन्ध्र प्रदेशबाट अवैध रूपमा गाँजा ल्याई बाँदा सहित वरपरका जिल्लामा तस्करी गर्दै अनुचित आर्थिक लाभ लिने गरेको आरोप छ।

थानाध्यक्ष दारा सिंह अनुसार, कालिन्जर थाना पुलिसलाई आरोपी नाला मोडनजिक रहेको सूचना प्राप्त भएको थियो। त्यसपछि पुलिस टोलीले घेराबन्दी गरी झाँसी जिल्लाको बरुआ पुरा निवासी मुनेश उर्फ मनीशलाई पक्राउ गरेको हो। आरोपी विरुद्ध गिरवाँ थाना क्षेत्रमा गिरोहबन्दीविरुद्ध कानून अन्तर्गत मुद्दा दर्ता रहेको र उ उक्त मुद्दामा वाञ्छित रहेको बताइएको छ।

पक्रा परेको आरोपीले आफ्ना साथीहरूसँग मिलेर गाँजा तस्करी गर्ने गरेको आरोप छ। पुलिसले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उसलाई जेल पठाएको जनाएको छ।

/ बिशाल


 rajesh pande