60 हजार भारतीय मुद्रा सहित नेपाली नागरिक पक्राउ
अररिया फोटो:गिरफ्तार नेपाली नागरिक


अररिया, 29 सेप्टेम्बर (हि.स.)। एसएसबी 56 औँ वाहिनीको बाह्य सीमा चौकी अमगाछीको टीमले 60 हजार भारतीय नोट सहित एकजना नेपाली नागरिकलाई पक्राउ गरेको छ।

बाह्य सीमा चौकी अमगाछीका उप-निरीक्षकको नेतृत्वमा चार जनाको टोली सीमा क्षेत्रमा नियमित गस्र्तीमा तैनाथ थियो। यसै अवधि सीमा स्तम्भ नम्बर 174/2 नजिकै नो म्यान्स ल्याण्डदेखि लगभग 25 मीटर टाढा नेपालबाट भारतीय तर्फ पैदल आइरहेको एकजना सन्दिग्ध व्यक्तिलाई रोकेर जाँच गरियो। जाँच गर्ने क्रममा ती व्यक्तिसित 60 हजार रुपियाँ मूल्यको भारतीय मुद्रा भेटियो।

पक्रा पर्ने व्यक्ति नेपालको मोरङ्ग जिल्लाको ट्याङ्की सिनवारी वार्ड नम्बर- 1 को बासिन्दा 35 वर्षीय धिरेन्द्र ऋषिदेव, पिता किशना मुसहरको रूपमा चिन्हित भएको छ। आरोपीबाट नेपाली नागरिकताको प्रमाण पत्र पनि फेला परेको छ।

प्रारम्भिक जाँचबुझमा उसले बतायो, उ विराटनगरबाट एकजना अज्ञात व्यक्तिबाट रकम सङ्कलन गरेर बिहारको अमगाछीस्थित आफ्नो ससुरालीमा आफन्तलाई दिन गइरहेको थियो। जफत गरिएको भारतीय मुद्रासितै पक्रा परेका नेपाली नागरिकलाई थप कानूनी कारबाहीका लागि भन्सार कार्यालय, फरबिसगञ्जमा हस्तान्तरण गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande