
रायपुर, ०५ सेप्टेम्बर (हि.स.)। छत्तीसगढ लोक सेवा आयोग (सीजीपीएससी) भर्ती घोटालामा प्रवर्तन निदेशालय (ईडी) ले मनी लन्ड्रिङ र ‘क्यास सिन्डिकेट’ को जॉंचका क्रममा लगभग ३० जनालाई गए राति नोटिस जारी गरी सोधपुछका लागि बोलाएको छ।
मुख्य आरोपी उत्कर्ष चन्द्राकरको पक्राउपछि ईडीको रायपुरस्थित जोनल कार्यालयले कथित क्यास सिन्डिकेटको पत्ता लगाउन विवादित उम्मेदवारहरू, गैरसरकारी संस्था (एनजीओ), एउटा ठूलो कम्पनी तथा रिसोर्ट सञ्चालकहरूलाई सोधपुछका लागि बोलाएको छ।
प्रारम्भिक जानकारीअनुसार, ईडीले यस नेटवर्कको ‘सम्बन्ध जोड्न’ मुख्य रूपमा १६ भन्दा बढी त्यस्ता व्यक्तिहरूलाई बोलाएको थियो, जो प्रत्यक्ष रूपमा उम्मेदवार, केही स्थानीय व्यवसायी वा सम्पत्ति कारोबारी थिए। त्यसलगत्तै ईडीले ‘क्यास सिन्डिकेट’ र मनी लन्ड्रिङको विस्तृत जॉंच शुरु गरेपछि यसको दायरा बढाइएको छ। अहिले यसमा लगभग ३० जना समावेश छन्।
उल्लेख्य, यस मामिलाका एक प्रमुख बिचौलिया तथा कोचिङ सञ्चालक उत्कर्ष चन्द्राकरलाई एक सेप्टेम्बरमा पक्राउ गरिएको थियो। उनीमाथि नोकरी दिलाउने नाममा ३ करोड रुपियाँभन्दा बढी रकम उठाएको र राजनीतिक पहुँचको प्रयोग गरेको आरोप छ। ५ सेप्टेम्बरसम्म उनी ईडीको हिरासतमा छन्। उनीसँग गरिएको सोधपुछका आधारमा यी नयाँ नोटिस जारी गरिएको बताइएको छ।
जाँच एजेन्सीले परीक्षाको लिक भएको प्रश्नपत्र बाँडेको बदलामा करोडौँ रुपियाँ नगद असुल गरिएको र उक्त रकमलाई कुन-कुन ब्याङ्किङ माध्यम, सीएसआर कोष वा नक्कली कम्पनीमार्फत वैध बनाइएको वा स्थानान्तरण गरिएको थियो भन्ने पत्ता लगाइरहेको छ। उत्कर्ष चन्द्राकर र डा. विकास चन्द्राकरले परीक्षा उत्तीर्ण गराइदिने दाबी गर्दै उम्मेदवारहरूबाट ३ करोड रुपियाँभन्दा बढी रकम असुल गरेको पनि बताइएको छ। यसमध्ये करिब २.८० करोड रुपियाँ महासमुन्दका डा. अनिल चन्द्राकर नामका व्यक्तिसम्म पुर्याइएको थियो।
उल्लेखनीय छ, एक सेप्टेम्बरमा रायपुर, दुर्ग, धमतरी र जशपुरमा पाँचवटा स्थानमा लगातार छापा मारिएको थियो। यस कारबाहीका क्रममा डिजिटल उपकरण, वित्तीय अभिलेख तथा बेनामी सम्पत्तिसँग सम्बन्धित धेरै महत्वपूर्ण कागजातहरू बरामद गरिएको छ।
ईडीलाई ठूलो कम्पनीको सीएसआर कोष घुसको रकम उपलब्ध गराउन प्रयोग गरिएको आशंका छ। एजेन्सीले एनजीओ र रिसोर्ट सञ्चालकहरूसँग सम्बन्धित कारोबारको पनि जॉंच गरिरहेको छ। यस घोटालामा अनिल चन्द्राकर नामका व्यक्तिको नाम प्रमुख रूपमा जोडिएको छ र उनी ईडीको जॉंचको दायरामा छन्। प्रवर्तन निदेशालय (ईडी) द्वारा जारी आधिकारिक बयानअनुसार, अनिल चन्द्राकर यस सम्पूर्ण मामिलामा रकमको लेनदेन (मनी ट्रेल) को एक मुख्य कडी हुन्।
एजेन्सीका अनुसार, मुख्य आरोपी उत्कर्ष चन्द्राकर र डा. विकास चन्द्राकरले सीजीपीएससी २०२१ परीक्षाको प्रश्नपत्र लिक गराउने बहाना गर्दै उम्मेदवारहरूबाट ३ करोड रुपियाँभन्दा बढी नगद असुल गरेका थिए। जॉंचमा उक्त असुल गरिएको रकममध्ये करिब २.८० करोड रुपियाँ अनिल चन्द्राकरलाई दिइएको पाइएको छ।
जॉंच एजेन्सीहरूका अनुसार, अनिल चन्द्राकर छत्तीसगढका एक व्यवसायी हुन् र मुख्य आरोपी उत्कर्ष चन्द्राकरका निकट सहयोगी हुन्। उम्मेदवारहरूबाट रकम जुटाउन तथा क्यास सिन्डिकेटको यो नेटवर्क सञ्चालन गर्न उनको ठूलो भूमिका रहेको बताइएको छ।
हाल डा. विकास चन्द्राकर र अनिल चन्द्राकरसँग सोधपुछ जारी छ। ईडीले अब कथित क्यास सिन्डिकेटमा रकमको स्रोत, त्यसको वितरण तथा लाभार्थीहरूबीचको सम्बन्धका कडीहरू जोड्न जॉंच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी