बालबालिकाको व्यवहार र दैनिक गतिविधिमा पनि नजर राख्न शिक्षकहरूलाई प्रधानमन्त्री मोदीको आग्रह
प्रधानमंत्री नरेन्द्र मोदी शिक्षकों से मुलाकात करते हुए।


नयाँ दिल्ली, ०५ सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षकहरूलाई विद्यार्थीहरूको पढाई र शैक्षिक उपलब्धिसँगै उनीहरूको व्यवहार, दिनचर्या तथा मानसिक अवस्थामाथि पनि ध्यान दिन आह्वान गरेका छन्। उनले बालबालिकामा बढ्दो लागुऔषध सेवनको प्रवृत्ति र अत्यधिक स्क्रिन प्रयोगलाई लिएर शिक्षकहरूलाई सतर्क रहन अपील गरेका छन्।

प्रधानमन्त्रीले शुक्रबार साँझ लोक कल्याण मार्गस्थित आफ्नो निवासमा राष्ट्रिय शिक्षक पुरस्कारबाट सम्मानित शिक्षक तथा शिक्षाविद्हरूसँग संवाद गरिरहेका थिए। शिक्षक दिवसको एक दिनअघि आयोजित यस कार्यक्रममा यस वर्षका ८२ जना पुरस्कार विजेताहरूले सहभागिता जनाएका थिए। यसमा ४८ जना विद्यालयका शिक्षक, २१ जना उच्च शिक्षण संस्था तथा पोलिटेक्निकका शिक्षक र १३ जना कौशल प्रशिक्षक रहेका थिए।

प्रधानमन्त्रीले शिक्षकको जिम्मेवारी केवल पाठ्यक्रम पूरा गराउनेमा सीमित नरहेको बताए। उनीहरूले विद्यार्थीहरूको व्यवहारमा आउने परिवर्तन पहिचान गर्नुपर्ने र आवश्यक परेको अवस्थामा उनीहरूलाई व्यक्तिगत मार्गदर्शन दिनुपर्ने बताए।

मोदीले परम्परागत संयुक्त परिवार व्यवस्था कमजोर हुँदै गएकाले बालबालिकाको जीवनमा शिक्षकहरूको भूमिका पहिलेभन्दा धेरै महत्वपूर्ण भएको बताए। यस्तो अवस्थामा शिक्षकहरूले बालबालिकासँग संवाद बढाउनुका साथै उनीहरूका समस्याको पछाडिका कारणहरू बुझ्न आवश्यक रहेको उनले बताए।

प्रधानमन्त्रीले बालबालिकामा बढ्दो लागुऔषध सेवनको प्रवृत्तिको विशेष रूपमा उल्लेख गरे। उनले शिक्षकहरूले विद्यार्थीहरूको व्यवहारमा अचानक आउने परिवर्तनमाथि नजर राख्नुपर्ने र कुनै बालबालिकामा लागुऔषध सेवनको बानीका संकेत देखिएमा उसलाई सही दिशा दिन तथा यस समस्याबाट बाहिर निकाल्न सहयोग गर्नुपर्ने बताए।

उनले अत्यधिक स्क्रिन प्रयोगलाई लिएर पनि बालबालिकाप्रति सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याए। मोदीले बालबालिकाको स्वाभाविक जिज्ञासालाई दबाउनुको सट्टा त्यसलाई सही दिशातर्फ लैजानुपर्नेमा जोड दिए। उनले बालबालिकाको सरलता र सिक्ने उत्सुकता कायम राख्नु आवश्यक रहेको बताए।

प्रधानमन्त्रीले विद्यार्थीहरूमा श्रमको गरिमाको भावना विकास गर्नुलाई पनि शिक्षकहरूको महत्वपूर्ण जिम्मेवारी बताए। उनले बालबालिकालाई मेहनत र हरेक प्रकारको कामको सम्मानको महत्व बुझाउनुपर्ने बताए।

संवादका क्रममा राष्ट्रिय शिक्षक पुरस्कार विजेताहरूले प्रधानमन्त्रीसँग आफ्ना शिक्षण अनुभवहरू साझा गरे। शिक्षकहरूले कक्षा शिक्षणलाई अझ प्रभावकारी, रोचक र विद्यार्थीहरूका लागि उपयोगी बनाउन अपनाइएका विभिन्न नवीन प्रयोग तथा अभ्यासबारे जानकारी दिए।

प्रधानमन्त्रीले शिक्षकहरूको यी प्रयासहरूको प्रशंसा गर्दै शिक्षा केवल किताब र परीक्षामा सीमित नरहेको बताए। बालबालिकाको समग्र व्यक्तित्व तथा भविष्य निर्माणमा शिक्षकहरूको महत्वपूर्ण भूमिका रहेको उनले बताए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande