दिल्लीको सत्य निकेतन पीजी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, उद्धार अभियान तीव्र
यह हादसा रविवार को साउथ कैंपस के श्री वेंकटेश्वर कॉलेज के सामने रिहायशी कॉलोनी सत्य निकेतन में दोहपर को हुआ। फोटो - इंटरनेट मीडिया


नयाँ दिल्ली, 0७ सेप्टेम्बर (हि.स.)। दिल्लीको सत्य निकेतन पेइङ गेस्ट (पीजी) दुर्घटनामा मृत्यु हुनेको संख्या बढेर ६ पुगेको छ। उक्त भवनको नाम पी-१४ रहेको छ। राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ), दमकल विभाग, दिल्ली पुलिस तथा अन्य निकायका टोलीले भग्नावशेष हटाउने काम गरिरहेका छन्। हालसम्म १० जनालाई भग्नावशेषबाट सकुशल उद्धार गरिएको छ।

यस दुर्घटनाले पीजीका रूपमा प्रयोग भइरहेका भवनहरूको सुरक्षा तथा राष्ट्रिय राजधानीका घना बस्ती भएका क्षेत्रमा निर्माण र अग्नि सुरक्षा नियमको पालनामाथि प्रश्न उठाएको छ। पी-१४ भवन सन् १९९० को दशकमा निर्माण भएको बताइएको छ। भग्नावशेषमा पुरिएका अन्य व्यक्तिहरूको खोजीका लागि उद्धार अभियान निरन्तर जारी छ।

दिल्ली सरकारले घटनाको न्यायिक छानबिनको आदेश दिएको छ। पुलिसले कथित भवन मालिक हरि राम तथा अन्य व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। आइतबार दिउँसो साउथ क्याम्पसस्थित श्री वेंकटेश्वर कलेजको अगाडि रहेको आवासीय क्षेत्र सत्य निकेतनमा यो दुर्घटना भएको थियो।

उपराज्यपाल तरनजीत सिंह सन्धुले घटनास्थलको निरीक्षण गरे। उनले दुर्घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै दिल्ली पुलिस, दिल्ली अग्निशमन सेवा र दिल्ली आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए) लगायत सबै सम्बन्धित निकायलाई आपसी समन्वयमा राहत तथा उद्धार कार्य तीव्र बनाउन निर्देशन दिए।

मुख्यमन्त्री रेखा गुप्ताले घटनास्थल पुगेर उद्धार अभियानको निरीक्षण गर्दै दोषीविरुद्ध कडा कारबाही गर्न निर्देशन दिइन्। मुख्यमन्त्रीसँगै मन्त्री कपिल मिश्रा, मेयर प्रवेश वाही, सांसद बाँसुरी स्वराज र विधायक अनिल शर्मा पनि घटनास्थल पुगेका थिए।

केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डाले दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तासँग फोनमा कुराकानी गरी घटनाको अवस्थाबारे जानकारी लिए। उनले स्वास्थ्य मन्त्रालयका तर्फबाट दिल्ली सरकारलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिए। साथै, उनले नयाँ दिल्लीस्थित एम्स तथा दिल्लीका केन्द्रिय सरकारी अस्पतालका निर्देशकहरूलाई घाइतेहरूलाई सम्भव सबै चिकित्सा सहायता उपलब्ध गराउन निर्देशन दिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande