पश्चिम बङ्गालमा डेङ्गूको बढ़्दो प्रकोप,रोगीहरूको सङ्ख्या साढ़े चार हजारभन्दा अधिक
Dengue fever


कोलकाता, 07 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा सक्रिय मनसुनबीच डेङ्गूको प्रकोप लगातार बढ़िरहेको छ। स्वास्थ्य विभागको आँकड़ा अनुसार राज्यमा यस वर्ष डेङ्गू सङ्क्रमितहरूको सङ्ख्या साढ़े चार हजारभन्दा अधिक पुगेको छ। सङ्क्रमणको मामिलामामा कोलकाता दोस्रो स्थानमा छ भने जिल्लामा मुर्शिदाबाद सबैभन्दा अगाड़ि छ।

स्वास्थ्य विभाग अनुसार गत 30 अप्रेलसम्म राज्यमा डेङ्गूको 770 मामिला सार्वजनिक भएको थियो भने 31 जुलाईसम्ममा यो सङ्ख्या बढ़ेर 01 हजार 946 पुग्यो जबकि 31 अगस्तसम्ममा सङ्क्रमितहरूको सङ्ख्या 03 हज़ार 966 पुगेको थियो। त्यसपछिदेखि सङ्क्रमणको सङ्ख्या निरन्तर बढ़्दो छ।

गत 2 सेप्टेम्बरसम्ममा मुर्शिदाबादमा डेङ्गूको 870 मामिला दर्ता गरिएको थियो भने बितेको सात दिनभित्रमा यहाँ 96 जना नयाँ रोगीहरू पाइएको छ। नदिया जिल्लाको नोवादा खण्डमा पनि डेङ्गू रोकथामको लागि घर-घरमा छिड़काउ तथा जागरूकता अभियान सञ्चालन गरिरहेको भए पनि सङ्क्रमण घटेको छैन।

यता कोलकातामा गत 2 सेप्टेम्बरसमममा 402 मानिसहरू डेङ्गूको चपेटमा परिसकेका थिए। पछिल्लो सात दिनभित्रमा शहरमा 62 वटा नयांँ मामिला सामुआएकोछ। यसरी नै उत्तर 24 परगनामा 346, मालदामा 331, दक्षिण 24 परगनामेा 324, नदियामा 316, हुगलीमा 293 औ हावड़ामा 276 मामिला दर्ता गरिएको छ। पूर्व बर्धमानमा 233 र पश्चिम बर्धमानमा 140 सङ्क्रमित पाइएको छ।

डेङ्गूको बढ़्दो मामिलालाई मध्यनजर गर्दै स्वास्थ्य विभागले अभियानलाई तीव्रता दिने तयारी गरेको छ। स्वास्थ्य मन्त्री शारद्वत मुखर्जीले भने, सात सेप्टेम्बरदेखि अभियान शुरू गरिनेछ। यसका गतिविधिहरूको भिडियो रेकर्डिङ्ग पनि गरिनेछ। उनले स्कूलहरूमा नानीहरूलाई फूल बाउलाको शर्ट लगाएर आउने निर्देश दिन भनेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande