
मालदा, 07 सेप्टेम्बर (हि.स.)। गङ्गा नदीको बढ़्दो जलस्तर तथा भीषण कटाउले मालदा जिल्ला अहिलेघरि चिन्तामा डुबेको छ। रतुआ-1 ब्लकको महानन्द टोला क्षेत्रको मुलिराम टोलास्थित लगभग 150 वर्ष पुरानो शिवमन्दिर गङ्गाको तीव्र धारा तथा कटाउको चपेटमा परी नदीमा समाहित भएको छ। नदीभित्र मन्दिर अगाड़िको यो भयानक दृश्य सोशल मिडियामा पनि भाइरल भइरहेको छ।
सोमवार बिहान गङ्गाको जलस्तर लगातार बढ़्नको साथै मालदाको मानिकचकस्थित भूतनी क्षेत्रमा नदीको कटाउ तीव्र भएको छ। पुलसित जोड़िएको सम्पर्क बाँधको सड़क पानीमा डुबेको छ जसबाट भूतनी द्वीपको मानिकचक र मालदाको मुख्य भू-भागसित सड़क सम्पर्क विच्छिन्न भएको छ।
स्थानीय मानिसहरू अनुसार गङ्गाको जलस्तर लगातार बढ़िरहेको छ भने नदीको भयानक रूप देखेर पहिलाबाटै मानिसहरू त्रसित भएका थिए भने अब 150 वर्ष प्राचीन मन्दिर नदीमा समाहित भएपछि क्षेत्रमा कटाउ तथा सम्भावित नोक्सानलाई सोचेर मानिसहरूको चिन्ता झन् बढ़ेको छ। स्थितिलाई ध्यानमा राखेर प्रशासन सक्रिय भएको छ। जिल्ला प्रशासन र सिचाई विभागले स्थितिमाथि नजर राखिरहेका छन्। वैकल्पिक बाँध तथा सड़क बनाउने प्रयास शुरू गरिएको छ।
घटनास्थलमा केन्द्रय बलहरू सहित आपदा प्रबन्धनको टीमले पनि काम गरिरहेको छ। प्रशासनिक स्तरमा बालुवा, काठको लट्ठा, फलामको खम्बा अनि ढुङ्गा र ईँटाको टुक्राले अस्थायी बाटो बनाउने योजनामाथि काम शुरू गरिएको छ।
भनिन्छ, लगभग 100 मीटर लामो नयाँ सड़क बनाउने योजना छ जुन बनिएपछि भूतनी द्वीपसम्म पुग्न सम्भव हुनेछ। तथापि प्रशासनिक सूत्र मुताविक यो बाटो बनाउन न्यूनतम पनि दुई-तीनको समय लाग्नसक्छ।
गङ्गाको बढ़्दो कटाउले गर्दा मानिकचकको भूतनी दियारा क्षेत्रको पश्चिम रतनपुरस्थित एकमात्र प्राथमिक विद्यालय पनि नदीभित्र समाहित हुने खतरा उत्पन्न भएको छ। वर्ष 1968- मा स्थापित यस विद्यालयको वरिपरी कटाउ लगातार बढ़िरहेको छ।
स्थानीय मानिसहरूले आशङ्का व्यक्त गरेका छन्, यदि गङ्गाको कटाउ यसरी नै जारीरहे विद्यालय पनि चाँड़ै नदीको चपेटमा पर्नसक्छ।
बताइन्छ, गत मङ्गलवार भाजपा विधायक गौरचन्द्र मण्डलले सिचाई विभाग र ब्लक प्रशासनका अधिकारीहरूको साथमा प्रभावित क्षेत्रको दौड़ाह गरी स्थितिको जायजा लिएका थिए। गङ्गा नदीको लगातार बढ़्दो जलस्तर र तीव्र कटाउले मादाको नदी तटी क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको चिन्ता बढ़ेको छ। प्रशासन समक्ष पनि प्रभावित क्षेत्रहरूलाई बचाउने ठूलो चुनौती आइलागेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा