गड़ियाहाट बजारमा खाद्य सुरक्षा विभागको छापामारी, 15 किलो फ्रोजन मासु जफत
गड़ियाहाट बजारमा खाद्य सुरक्षा विभागको छापामारी, 15 किलो फ्रोजन मासु जफत


कोलकाता, 07 सेप्टेम्बर (हि.स.)। कोलकाताको गड़ियाहाट बजारमा सोमवार बिहान नगरनिगमको खाद्य सुरक्षा विभागीय टीमले छापामारी गऱ्यो। साताको पहिलो दिन बजारमा व्यापार शुरू हुनसाथ अधिकारीहरू अचानक निरीक्षण गर्न पुगे। टीमले मासु र माछाका पसलहरूमा खाद्य पदार्थहरूको गुशम्तर अनि त्यसको रखरखाउको जाँच गऱ्यो।

मासुका पसलहरूको जाँच गर्दा अधिकारीहरूले केही अनियमितताहरू पाए। काँचो माललाई राख्नको लागि प्रयोग गरिने क्रेटमा प्रचुर मात्रामा चिकन र मटनलाई प्याक गरेर राखिएको थियो। यसरी प्याक गरेर राखिएका मासुका प्याकेटहरूमा त्यसको सुरक्षित उपयोगको अवधि वा संरक्षणको मिति दर्ता गरिएको थिएन।

नगरनिगमका अधिकारीहरू मुताविक लगभग 10-15 किलो जमिएको मासुलाई जफत गरियो। नियमानुसार होटल अनि रेस्तराँहरूमा जमा भएको मासुलाई निर्धारित मिति अङ्कित गरेर राख्नु अनिवार्य छ। गड़ियाहाट बजारमा जफत गरिएको मासुमा मिति सम्बन्धी कुनै जानकारी उल्लेख नगरिएको कारणले त्यसलाई उपयोग गर्न अयोग्य ठहर गर्ने कारबाही गरिेको हो। त्यसपछि जफत गरिएको माासुलाई नगरनिगमको वाहन मार्फत फोहोर निस्तारण स्थलमा पठाइयो।

यस अतिरिक्त खाद्य सुरक्षा अधिकारीहरूले बजारका माछा पसलहरूको पनि निरीक्षण गरे। गुणस्तरको जाँच गर्नको लागि लगभग सबै पसलहरूबाट माछाको नमूना सङ्ग्र गरिएको छ। प्रत्येक नमूनामा सम्बन्धित पसलेको नाम र हस्ताक्षर दर्ता गरिेको छ। यी नमूनाहरूलाई प्रयोगशालामा पठाइनेछ।

अधिकारीहरूले बजारका व्यापारीहरूलाई काँचो माछा र मासुको सुरक्षित भण्डारण र गुणस्तरलाई लिएर पनि आवश्यक निर्देश दिए। खाद्य सुरक्षा विभागको पक्षबाट अहिलेघरि शहरका होटल, रेस्तराँ, मिठाई पसल तथा खाद्य उत्पादन एकाईहरूमा लगातार जाँच अभियान सञ्चालन गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande