
गान्तोक, 07 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशन तथा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको तत्परतामा सञ्चालित ‘सिक्किम फर नेपाल’ अभियान अन्तर्गत राहत सामग्रीसहित नेपाल पुगेको सिक्किमको ३५ सदस्यीय राहत तथा उद्धार टोलीले बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको जीप गाउँपालिका वार्ड नम्बर ५ मा राहत सामग्री वितरण गरेको छ। टोलीले बाढीबाट प्रभावित स्थानीय बासिन्दालाई आवश्यक राहत सामग्री वितरण गरेको छ।
उक्त स्थान अभियान अन्तर्गत टोली पुगेको अन्तिम बिन्दु रहेको र त्यसभन्दा अगाडि कुनै गाउँ वा बस्ती नरहेको जानकारी गराइएको छ। नेपालमा विपदका कारण प्रभावित बनेका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले सिक्किमबाट राहत सामग्री सहित टोली नेपाल पठाइएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल