विश्वभारती शैक्षिक सङ्घले 2026-29 सम्मको लागि नयाँ कमिटी गठन गऱ्यो
विश्वभारती शैक्षिक सङ्घले 2026-29 सम्मको लागि नयाँ कमिटी गठन गऱ्यो


कोलकाता, 07 सेप्टेम्बर (हि.स.)। विश्वभारती शैक्षिक सङ्घले वर्ष 2026-देखि 2029 सम्मको कार्यकालको लागि सर्वसम्मतिले नयाँ कमिटी गठन गरेको छ। वर्ष 2013-2019 सम्म एबीआरएसएमको केन्द्रिय विश्वविद्यालय शिक्षक सङ्घका संस्थापक संयोजक रहेका प्रोफेसर बिप्लब लोह चौधरीलाई कमिटीको अध्यक्ष चयन गरिएको छ।

नयाँ कमिटीमा डा. अजय दासलाई उपाध्यक्ष, डा. शुभ्रा ज्योति दासलाई महासचिव, प्रोफेसर भोलानाथ मण्डल र डा. प्रज्ञालङ्कार भिक्खुलाई संयुक्त सचिव तथा डा. अभिजीत घोषलाई कोषाध्यक्षको दायित्व दिइएको छ। यस अतिरिक्त कार्यकारिमी समितिका सदस्यहरूको रूपमा 20 जनासदस्यहरूलाई नामित गरिएको छ।

विश्वभारती शैक्षिक सङ्घ मुताविक यो एबीआरएसएमको एकमात्र विश्वविद्यालय शाखा हो जहाँ शिक्षक र शैक्षणिक कर्मचारी दुवै नै एउटै कमिटीका अङ्ग हुन्।

नयाँ कमिटी गठन भएपछि प्रोफेसर बिप्लब लोह चौधरीले सबै सदस्यहरूलाई विश्वविद्यालयको प्रतिष्ठा र गौरवलाई पुनर्स्थापित गर्ने दिशामा सकारात्मक योगदान दिने अपील गरे।

उनले भने, विश्वविद्यालयको हितमा सबै सदस्यहरूले मिलेर सक्रिय भूमिका निर्वाह गर्नुपर्छ। यसै क्रममा उनले सेप्टेम्बर र अक्टोबर महीनाको अवधिमा नयाँ सदस्यता अभियान शुरू गर्ने घोषणा गरे जसको उद्देश्य पूजापछि विजया दशमीको अवसरमा अधिकभन्दा अधिक नयाँ सदस्यहूलाई सङ्गठनसित जोड़्नु हो।

वर्तमानमा विश्वभारती शैक्षिक सङ्घका लगभग 70 जना सदस्यहरू छन्। सङ्गठनको लक्ष्य आगामी सदस्यता अभियानको माध्यमबाट सदस्य सङ्ख्या बढ़ाउनु अनि विश्वविद्यालयका शिक्षक एवं शैक्षणिक कर्मचारीहरूको सहभगातिलाई अझ मजबुत बनाउनु हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande