भाजपा प्रदेश अध्यक्षले महानवमी औ विजय दशमीमा राज्यवासीहरूलाई दिए शुभकामना
भाजपा प्रदेश अध्यक्षले महानवमी औ विजय दशमीमा राज्यवासीहरूलाई दिए शुभकामना


शिमला, 01 अक्टोबर (हि.स.)।भारतीय जनता पार्टी (भाजपा)-का प्रदेश अध्यक्ष डा. राजीव बिन्दलले महानवमी तथा आगामी विजय दशमीको अवसरमा प्रदेशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्। उनले भने, नवरात्रको अन्तिम तिथिको रूपमा महानवमीको पावन पर्व तथा त्यसपछि विजयदशमीको उत्सवले हामीलाई धर्मको स्थापना अनि अधर्मको अन्त गर्ने प्रेरणादायक सन्देश दिन्छ।

डा. बिन्दलले भने, भगवान श्रीरामले रावणमाथि विजय प्राप्त गरी यो सिद्ध गरे कि अततः सत्य र धर्मको नै जीत हुन्छ। यो पर्वले हामीलाई केवल आन्तरिक अधर्महरूलाई मास्न मात्र नभएर समाजमा सद्भाव अनिएकतालाई कायम राख्ने प्रेरणा पनि दिन्छ।

उनले भने, हिमाचलप्रदेश हालैमा आपदा भएर गुज्रिसकेको छ। अब पर्वहरूको यो मौसमले मानिसहरूको जीवनमा नयाँ आशा र ऊर्जा लिएर आएको छ। उनले प्रभुश्रीराम, महामाई औ परमपिता परमात्मासित प्रार्थना गरे, राज्यमा सुख, शान्ति तथा समृद्धि कायम रहोस् अनि सबैको कल्याण होस्।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande