रायपुर, 1 अक्टोबर (हि.स.)। शारदीय नवरात्रिको पावन अवसरमा मुख्यमन्त्री विष्णु सायले मंगलवार अबेर राती छत्तीसगढ़को बिलासपुर जिल्लाको रतनपुरस्थित ऐतिहासिक महामाया मन्दिरमा पुगेर माँ महामायाको दर्शन गरे। उनले प्रदेशवासीहरूको सुख-समृद्धि तथा खुशियालीको कामना गरे। मुख्यमन्त्री सायले मन्दिर प्रांगणमा दर्शनको लागि आएका श्रद्धालुहरूसित आत्मीय भेट गरे अनि उनीहरूलाई नवरात्रि पर्वको हार्दिक शुभकामना दिए।
यस अवसरमा विधायक सुशान्त शुक्ला, जिल्ला पञ्चायत अध्यक्ष राजेश सूर्यवंशी, जिल्ला अध्यक्ष दीपक सिंह ठाकुर, कलेक्टर सञ्जय अग्रवाल, वरिष्ठ पुलिस अधीक्षक रजनेश सिंह सहित महामाया ट्रस्टका पदाधिकारी तथा ठूलो संख्यामा श्रद्धालुहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा