-विधानसभा अध्यक्ष वासुदेव देवनानी एवं उपमुख्यमन्त्री दिया कुमारीले गरे शुभारम्भ
अजमेर, 1 अक्टोबर (हि.स.)। मुख्यमन्त्री बजेट घोषणा वर्ष 2025-26 अन्तर्गत राजकीय संग्रहालय अजमेरमा संरक्षण, जीर्णोद्धार एवं उन्नयन कार्यहरूको शुभारम्भ बुधवारदेखि गरियो। यस अवसरमा विधानसभा अध्यक्ष वासुदेव देवनानी र उपमुख्यमन्त्री तथा कला, साहित्य, संस्कृति एवं पुरातत्व मन्त्री दिया कुमारीले संयुक्त रूपमा पाँच करोड़ रुपियाँको लागतमा निर्माण हुने विकास कार्यको शुभारम्भ गरे।
उपमुख्यमन्त्री दिया कुमारीले भनिन्, राजस्थानका सबै संग्रहालयहरूको जीर्णोद्धार तथा उन्नयन गर्ने योजना छ, तर यी कार्यहरूको वास्वतिक उदेश्य त्यसबेला मात्र पूरा हुनेछ जतिबेला प्रदेशवासीहरू स्यवं यी धरोहरूलाई हेर्न आउनेछन् अनि नयाँ पिँढ़ीलाई पनि लिएर जानेछन्। उनले भनिन्, जीर्णोद्धार भवनहरूको सुधार मात्र होइन, वास्तविक जीर्णोद्धार तब हुनेछ जब यी धरोहरहरूमा पर्यटकहरू आउनेछन्, मानिसहरूले प्रेरणा लिनेछन् अनि हाम्रो संस्कृति एवं धरोहरसित जोड़िनेछन्।
वृत्त अधीक्षक (पुरातत्त्व एवं संग्रहालय विभाग) नीरज कुमार त्रिपाठीले जानकारी गराए, विकास कार्यहरूमा मुख्यतः प्रदर्शनी कक्षको विकास, सिन्धु दर्शन दीर्घाको निर्माण, धरोहर पुस्तकालयको उन्नयन, संरक्षण कार्यहरूको शुभारम्भ सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा