नवादामा बुहरीले गरिन् आफ्नै सासूको हत्या
नवादामा बुहरीले गरिन् आफ्नै सासूको हत्या


नवादा, 01 अक्टोबर (हि.स.)। बिहारमा नवादा जिल्लाको मेसकौर थाना क्षेत्रको नवडीहा गाउँकी एक महिलाको हत्या मामिलाको पुलिसले पर्दाफास गरेको छ। हत्यामा सामेल महिलाकी बुहारी र उसका दुई सहयोगीलाई पुलिसले पक्राउ गरेको छ।

पुलिस अनुसार, पारिवारिक कलहको कारण बुहारीले आफ्ना दुई सहयोगीको साथ मिलेर षड़यन्त्र अन्तर्गत सासूको हत्या गरी शवलाई ठेगाना लगाउन गाउँदेखि टाढ़ा पहाड़ी क्षेत्रमा फ्याकेकी थिइ। पुलिसले कचो देवी सहित थप दुई जनालाई पनि पक्राउ गरेको छ।

भनिन्छ, पारिवारिक कलहले रूष्ट बुहारीले हत्याको षड़यन्त्र रचेकी थिइ। नवादाका एसपीले बताए, एक महिला हराएकी सूचना 23 जूनमा दर्ता गराइएको थियो। सूचनामा भनिएको थियो, 08 जूनदेखिकै महिला हराएकी छे।

उनले बताए, पुलिसले गयाको पहाडी क्षेत्रमा भेटिएको शवको पहिचान हराएकी किरण देवीको रूपमा गरेको थियो। यस मामिलाको गम्भीरतालाई मध्यनजर गरेर एसपीले विशेष टास्क फोर्सको गठन गरेको थियो। तबदेखि वैज्ञानिक जाँच शुरू भएको थियो। वैज्ञानिक जाँचमा स्पष्ट भयो, मृतककी बुहारी कंचो देवीले नै घरेलू विवादको कारण किरण देवीलाई गयामा लगेर आफ्ना दुई सहयोगीको मद्दतले उनको हत्या गरेकी थिइन्। यसपछि पुलिसले उलाई पक्राउ गऱ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande