मुख्यमन्त्रीले दिल्ली भाजपा कार्यालयमा विजय कुमार मल्होत्रालाई दिइन् श्रद्घाञ्जली
मुख्यमन्त्रीले दिल्ली भाजपा कार्यालयमा विजय कुमार मल्होत्रालाई दिइन् श्रद्घाञ्जली


नयाँ दिल्ली, 1 अक्टोबर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार पण्डित पन्त मार्गस्थित दिल्ली भाजपा कार्यालयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता प्रो. विजय कुमार मल्होत्रालाई श्रद्धाञ्जली अर्पण गरिन्। विजय कुमार मल्होत्राले मंगलवार दिल्लीको एम्समा अन्तिम सास लिएका थिए।

मुख्यमन्त्रीले आज एक्समा पोस्ट गर्दै भनिन्, “उनको निधन दिल्लीवासी एवं दिल्ली भाजपा परिवारको लागि एक अपूरणीय क्षति हो। सादगी, सेवा, त्याग र संगठनप्रति निष्ठाले परिपूर्ण उनको सम्पूर्ण जीवन भारतीय राजनीति तथा संगठनात्मक कार्यशैलीको जीवन्त उदाहरण रह्यो।”

मुख्यमन्त्रीले भनिन्, “भाजपाको दिल्ली प्रदेशका प्रथम अध्यक्षको रूपमा प्रो. विजय कुमार मल्होत्राले संगठनको जगलाई विचार तथा मूल्य आधारित बनाए। उनले कार्यकर्ताहरूलाई जोड़्नको साथै उनीहरूमा आत्मविश्वास जगाए अनि संगठनलाई परिवारको स्वरूप प्रदान गरे। उनी जानाले व्यक्तिगत रूपमा मात्र नभएर मार्गदर्शकको अभाव पनि महसूस गराउनेछ।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande