नक्सल अभियान अवधि सर्पले डसेर कोबरा बटालियनका जवानको मृत्यु
नक्सल अभियान अवधि सर्पले डसेर कोबरा बटालियनका जवानको मृत्यु


पश्चिमी सिंहभूम, 01अक्टोबर (हि. स.)। पश्चिमी सिंहभूम (चाईबासा) जिल्लामा संचालित नक्सल अभियान अवधि सर्पले डसेर 209 कोबरा बटालियनका एकजना जवानको मृत्यु भएको छ। घटनाको बारेमा बताइएको छ, मंगलवार अबेर राती लगभग 1 बजे छोटानागरा थाना क्षेत्रको नूरधा वन क्षेत्रमा संचालित अभियान अवधि209 कोबरा बटालियनका कन्स्टेबल सन्दीप कुमारलाई विषालु सर्पले डस्यो। त्यसपछि जवान उपचारको क्रममा मृत्यु भयो। घटनाको पुष्टि आईजी अभियान माइकल राज एसले बुधवार गरेका छन्।

उल्लेखनीय छ, पश्चिमी सिंहभूम (चाईबासा)- मा वज्रपात, सर्प, लामखुट्टे पनि सुरक्षा बलहरूको लागि ठूलो चुनौती हो। नक्सलीहरूविरूद्ध संचालित अभियान अवधि पूर्वमा सर्पले डसेर तथा मलेरियाको कारणले धेरैजना जवानहरूले आफ्नो ज्यान गुमाइसकेका छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande