बेङलुरु, १ अक्टोबर (हि.स.)।
अखिल भारतीय कांग्रेस कमिटी (एआईसीसी) का अध्यक्ष मल्लिकार्जुन खरगेको स्वास्थ्य बुधबार अचानक बिग्रिएपछि उनलाई बेङलुरुस्थित एमएस रमैय्या अस्पतालमा भर्ना गरिएको छ।
सूत्रहरूका अनुसार, हालै बिहारसहितका विभिन्न यात्राका कारण उनलाई सास फेर्न गाह्रो भएपछि चिकित्सकको सल्लाहमा अस्पताल लगिएको हो। चिकित्सकहरूले उनको नियमित स्वास्थ्य परीक्षणसँगै ईसीजी परीक्षण समेत गरेका छन्। खरगे आज अस्पतालमै निगरानीमा रहनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी