योगी आदित्यनाथ विरूद्ध अपमानजनक टिप्पणीले रूष्ट सिख समाजले गऱ्यो प्रदर्शन
सिख


लखनऊ, 01 अक्टोबर (हि.स.)। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विरूद्ध महाराष्ट्रको एक मौलानाको अपमानजनक टिप्पणीको विरोधमा बुधवार महानगरको परिवर्तन चौकमा सिख समाजका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरे। यस अवधि भारी संख्यामा एकत्र सिख समाजका मानिसहरूले 'हामी छौं योगीको साथ' को नारा लगाए औं मौलानासित माफी माग्ने माग गरे। यस प्रदर्शनमा धेरै जिल्लाहरूका सिख प्रतिनिधि सामेल भए।

यस अवसरमा गुरू गोविन्द सिंह सेवा समितिका महामन्त्री सरदार परविन्दर सिंहले भऩे, सिख समाजले सबै धर्महरूको सम्मान गर्दछ। महाराष्ट्रका मौलानाको बयान अत्यन्तै आपत्तिजनक र समाजलाई आक्रोशित गर्ने प्रकारको छ। मुख्यमन्त्री योगी आदित्यनाथ प्रदेशका मुख्यमन्त्री हुनका साथै गोरक्ष पीठका पीठाधीश्वर पनि हुन्। उनको अपमान सिख समाजले सहन गर्न सक्दैन।

उनले भऩे, योगी आदित्यनाथले सिख समुदायलाई सबैभऩ्दा अधिक सम्मान दिन्छन्। जिल्लाधिकारीको माध्यमले हामी प्रधानमन्त्रीलाई ज्ञापन पठाएर यस प्रकारको टिप्पणी गर्नेहरूमाथि कठोर कारबाही गर्ने माग गरिरहेका छौं। कानपुरबाट आएका सरदार राजेन्द्र सिंहले भने, मुख्यमन्त्री योगीमाथि आपत्तिजनक टिप्पणी गर्ने असली मुसलमान हुनसक्दैन। सिख समाजले यसको घोर निन्दा गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande