संघको शताब्दी वर्षमा गडकरीले स्वयंसेवकहरूको योगदानको सराहना गरे
संघको शताब्दी वर्षमा गडकरीले स्वयंसेवकहरूको योगदानको सराहना गरे


नयाँ दिल्ली, 01 अक्टोबर (हि.स.)। केन्द्रिय सड़क परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षमा स्वयंसेवकहरूको राष्ट्रनिर्माणमा योगदानको सराहना गरेका छन्। गडकरीले भऩे, संघले गत 100 वर्षमा ‘राष्ट्र प्रथम’ को भावनाको साथ काम गर्दै लाखौं स्वयंसेवकहरूलाई समर्पण र त्यागको बाटो देखाएको छ।

गडकरीले बुधवार एक्स पोस्टमा भनेका छन्, राष्ट्र प्रथमको संकल्पलाई जीवनको उद्देश्य बनाएऱ मातृभूमिको सेवाको निम्ति समर्पित विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठन राष्ट्रिय स्वयंसेवक संघले विगत 100 वर्षमा राष्ट्रनिर्माणमा अहम योगदान दिएको छ। यस सय वर्षको कालमा स्वार्थदेखि माथि उठेर राष्ट्रको निम्ति समर्पणको भावनाले लाखौं स्वयंसेवकहरूलाई त्याग र समर्पणको बाटो देखाउने काम भएको छ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संघको शताब्दी वर्षको उपलक्ष्यमा जारी विशेष डाक टिकट र स्मारक सिक्काको उल्लेख गर्दै समस्त स्वयंसेवकहरूलाई शुभकामना पनि दिए।

उल्लेख्, प्रधानमन्त्री नरेन्द्र मोदीले आज संघको शताब्दी वर्षको उपलक्ष्यमा संस्कृति मन्त्रालयको कार्यक्रममा एक विशेष रूपमा डिजाइन गरिएको डाक टिकट र 100 रूपियाँ मूल्यको स्मारक सिक्का जारी गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande