फिलीपीन्समा आएको भूकम्पमा ज्यान गुमाउनेहरूका लागि प्रधानमन्त्रीले शोक व्यक्त गरे
मोदी


नयाँ दिल्ली, 01 अक्टोबर (हि.स.)। दक्षिण-पूर्व एशियाई देश फिलीपीन्समा आएको शक्तिशाली भूकम्पमा 69 जनाको मृत्यु हँदा प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै त्यहाँका जनताको साथ एकजुटता प्रकट गरेका छन्।

प्रधानमन्त्रीले एक्समा लेखेका छन्, फिलीपीन्समा आएको भूकम्पले भएको ज्यान-मालको हानि र व्यापक क्षतिबारे जानेर मलाई गहिरो दुःख लागेको छ। मेरो समवेदना र प्रार्थनाहरू शोक संतप्त परिवारहरूको साथमा छ। म घाइतेहरू शीघ्र स्वस्थ हुने कामना गर्दछु। यस कठिन समयमा भारत फिलीपीन्सको साथ एकजुटताले खड़ा छ।

फिलीपीन्सको सेबू प्रान्तमा मंगलवार राति 6.9 तीव्रताको शक्तिशाली भूकम्प आयो, जसबाट अहिलेसम्म कम्तीमा 69 जनाको मृत्यु भएको पुष्टि भइसकेको छ जबकि 50 भन्दा धेरै मानिस घाइते भएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande