महासमुंद, 1 अक्टोबर (हि.स.)। छत्तीसगढ़ शासनद्वारा 2 अक्टोबर बिहीवारको दिन गान्धी जयन्तीको अवसरमा शुष्क दिवस घोषणा गरिएको छ। फलस्वरूप कलेक्टर विनय कुमार लंगेहले उक्त शुष्क दिवसमा जिल्लाका समस्त देशी, विदेशी, कम्पोजिट, प्रीमियम मदिराका पसलहरू, एफएल 3 सपना बार एण्ड रेस्टोरेन्ट तथा मद्य भण्डागारलाई पूर्णत बन्द राख्ने आदेश दिएका छन्। उक्त दिवसमा मदिरासित सम्बन्धित सम्पूर्ण व्यापार प्रतिबन्धित रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा