राज्यपाल र मुख्यमन्त्रीद्वारा दशैको शुभकामना प्रदेशवासीलाई
राज्यपाल र मुख्यमन्त्रीद्वारा दशैको शुभकामना प्रदेशवासीलाई


शिमला, 01 अक्टोबर (हि.स.)। राज्यपाल शिव प्रताप शुक्ल औमुख्यमन्त्री ठाकुर सुखविन्द्र सिंह सुक्खूले दशै उत्सवको पावन अवसरमा प्रदेशवासीहरूलाई बधाई दिएका छन्। राज्यपालले भने, दशै उत्सव नराम्रोमाथि राम्रोको विजयको प्रतीकको उत्सव हो जसलाई देश अनि राज्यमा हर्षोल्लास पूर्वक मनाइन्छ।

दशै उत्सवको शुभकामना दिँदै मुख्यमन्त्रीले भने, यो पर्वले हाम्रो नैतिक मूल्य तथा परम्पराहरूलाई मात्र सशक्त बनाउँदैन जबकि यो सन्देशपनि दिन्छ कि नराम्रोको अन्त सदैव निश्चित हुन्छ। उनले ईश्वरसित प्रार्थना गरेका छन्, यो उत्सवले प्रदेशवासीहरूको जीवनमा प्रसन्नता, शान्ति एवं खुशियाली ल्याओस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande