इतिहासका पानामा ०२ अक्टोबर : गाँधी र शास्त्री जयन्ती, अहिंसाको सन्देश
इतिहासका पानामा ०२ अक्टोबर : गाँधी र शास्त्री जयन्ती, अहिंसाको सन्देश


०२ अक्टोबर ऐतिहासिक दिन हो। यसै मितिमा राष्ट्रपिता महात्मा गाँधी र पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको जन्म भएको थियो। गाँधीजीले सत्य र अहिंसालाई जीवनको आधार बनाएर भारतको स्वतन्त्रता सङ्ग्रामलाई जनआन्दोलनमा परिणत गरेका थिए। उनको दर्शन आज पनि विश्वलाई शान्ति र न्यायको बाटो देखाउँछ।

लालबहादुर शास्त्री आफ्नो सरलता, इमानदारी र दृढ नेतृत्वका लागि परिचित छन्। १९६५ को भारत–पाक युद्धको समयमा दिएको उनको नारा “जय जवान, जय किसान” आज पनि देशको एकता र आत्मनिर्भरताको प्रतीक छ।

भारतमा यो दिन गाँधी जयन्तीको रूपमा राष्ट्रिय पर्व हो भने संयुक्त राष्ट्रसंघले यसलाई अन्तरराष्ट्रिय अहिंसा दिवसका रूपमा मान्यता दिएको छ। यो दिनले हामीलाई सम्झाउँछ कि शान्ति, सरलता र सहकार्य नै दीर्घकालीन विकास र उत्कृष्ट समाजको आधार हो।

महत्वपूर्ण घटनाक्रम :

१४९२ – बेलायतका राजा हेनरी सप्तमले फ्रान्समाथि आक्रमण गरे।

१९२४ – राष्ट्रसंघलाई शक्तिशाली बनाउन ल्याइएको जेनेभा प्रस्ताव, महासभाबाट स्वीकृत भयो तर पुष्टि भएन।

१९५१ – श्यामा प्रसाद मुखर्जीले भारतीय जनसंघको स्थापना गरे।

१९५२ – सामुदायिक विकास कार्यक्रम सुरु।

१९६१ – बम्बई (हाल मुम्बई) मा शिपिङ कर्पोरेशन अफ इन्डिया गठन।

१९७१ – राष्ट्रपति भी. भी. गिरिले बिड़ला हाउसलाई ‘गाँधी सदन’ नाममा राष्ट्रलाई समर्पित गरे।

१९८२ – तेहरानमा बम विस्फोट, ६० मृत्यु, ७०० घाइते।

१९८५ – दहेज निषेध संशोधन ऐन लागू।

१९८८ – सिओलमा २४औँ ओलम्पिक सम्पन्न।

१९८८ – तमिलनाडुमा मण्डपम–पम्बनबीच समुद्रमाथि लामो पुल उद्घाटन।

२००० – रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा।

२००१ – नाटोले अफगानिस्तानमाथि आक्रमणको स्वीकृति दियो।

२००३ – हङ्गेरीका प्रधानमन्त्री पीटर म्याडगेसे भारत आए।

२००४ – संयुक्त राष्ट्रसुरक्षा परिषद्ले कंगोमा ५,९०० सैनिक पठाउने प्रस्ताव पारित।

२००६ – दक्षिण अफ्रिकाले भारतलाई आणविक इन्धन आपूर्तिमा समर्थन गर्ने निर्णय गर्‍यो।

२००७ – उत्तर र दक्षिण कोरियाबीच दोस्रो शिखर सम्मेलन सम्पन्न।

२०१२ – नाइजेरियामा बन्दुकधारीहरूले २० विद्यार्थीको हत्या गरे।

जन्म :

१८६९ – महात्मा गाँधी – भारतका राष्ट्रपिता

१९०० – लीला नाग – बंगाली पत्रकार तथा महिला क्रान्तिकारी

१९०१ – गोकुल लाल असावा – स्वतन्त्रता सेनानी

१९०४ – लालबहादुर शास्त्री – भारतका दोस्रो प्रधानमन्त्री

१९२४ – तपन सिन्हा – प्रसिद्ध चलचित्र निर्देशक

१९३३ – शंकर शेष – हिन्दी नाटककार तथा कथालेखक

१९४२ – आशा पारेख – चर्चित चलचित्र अभिनेत्री

१९६७ – अर्देम पटापौटियन – अमेरिकी आणविक जीवविज्ञानी

१९७४ – प्रीतम सिवाच – भारतीय

महिला हक्की टोलीकी पूर्व कप्तान

१९७९ – हङ्गपन दादा – ‘अशोक चक्र’ सम्मानित सैनिक

१९८५ – भव्या लाल – नासाका भारतीय मूलकी वैज्ञानिक

१९९७ – लभलीना बोर्गोहेन – भारतीय मुक्केबाज

निधन :

१९०६ – राजा रवि वर्मा – विख्यात चित्रकार

१९६४ – राजकुमारी अमृत कौर – स्वतन्त्रता सेनानी, समाजसेवी

१९७५ – के. कामराज – स्वतन्त्रता सेनानी, तमिलनाडुका मुख्यमन्त्री, भारत रत्न

१९८२ – सी. डी. देशमुख – स्वतन्त्र भारतका तेस्रो अर्थमन्त्री

महत्वपूर्ण दिवस :

अन्तर्राष्ट्रिय अहिंसा दिवस

वन्यजन्तु सप्ताह (२ अक्टोबर – ८ अक्टोबर)

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande