महानवमीमा शुभकामना सहित मुख्यमन्त्री ममता ब्यानर्जीले शेयर गरे स्वरचित देवी आराधनाको गीत
महानवमीमा शुभकामना सहित मुख्यमन्त्री ममता ब्यानर्जीले शेयर गरे स्वरचित देवी आराधनाको गीत


कोलकाता, 01 अक्टोबर (हि. स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले महानवमीको अवसरमा आफ्नो शुभकामना सन्देशसितै एउटा नयाँ गीत साझा गरेकी छन्। विशेष कुरा के हो भने यस गीतको बोल र धुन स्वयं मुख्यमन्त्रीले बनाएका हुन्। गीतलाई प्रसिद्ध गायिका इमन चक्रवर्तीले आफ्नो आवाज दिएकी छन्।

ममता ब्यानर्जीले बिहीवार बिहान सोशल मीडिया एक्समा लेखे, यदि सानो बगैचा भएको भए म त्यहाँ हरेक दिन कोपिला भएर फर्किन्थे। यसको साथै उनले सबैलाई महानवमीको हार्दिक शुभकामना दिइन् अनि आफ्नो नयाँ गीत जारी गरिन्।

ममता ब्यानर्जीले यसअघि पनि कविता लेखन र गीत रचनाको माध्यमबाट आफ्नो सृजनात्मक पहिचान देखाइसकेकी छन्। दुर्गा पूजाको शुरूआत अनि षष्टिको दिन पनि उनले अलग-अलग गीत शेयर गरेकी थिइन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande