कोलकाता, 01 अक्टोबर (हि. स.)। मुख्यमन्त्री ममता ब्यनर्जीले भारतीय संगीत जगतका महान गायक औ संगीतकार सचिन देव बर्मनको जयन्तीमा उनलाई श्रद्धाञ्जली अर्पण गरिन्।
मुख्यमन्त्रीले बुधवार बिहान सोशल मीडिया एक्समा लेखिन्, सचिन देव बर्मनले आफ्नो अद्भुत गायन तथा संगीत रचनाहरूबाट भारतीय संगीतलाई नयाँ उचाईँमा पुऱ्याए। उनको धुनले आज पनि श्रोताहरूलाई मन्त्रमुग्ध पार्दछ।
सचिन देव बर्मनको जन्म त्रिपुराको राजपरिवारमा भएको थियो। उनी हिन्दी र बंगला फिल्मका सुप्रसिद्घ गायक तथा संगीतकार थिए। भारतीय सिनेमालाई उनले यस्ता अमर गीतहरू दिएका छन् जुन आज पनि संगीत प्रेमीहरूमाझ समान रूपमा लोकप्रिय छ।मुख्यमन्त्री ममता ब्यनर्जीले भनिन्, यस विशेष दिनमा हामी सबै मिलेर यस महान कलाकारको योगदानलाई याद गरौं अनि उनीप्रति आफ्नो कृतज्ञता व्यक्त गरौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा