हरिद्वार, 1 अक्टोबर (हि.स.)।राष्ट्रिय स्वैच्छिक रक्तदान दिवसको अवसरमा एसएमजेएन पीजी कलेजको राष्ट्रिय सेवा योजना (एनएसएस)-का छात्राहरूले आज गोविन्दपुरी तथा टिबडी आदि क्षेत्रहरूमा घर-घरमा पुगी मानिसहरूलाई स्वैच्छिक रक्तदानको लागि प्रेरित गरे।
कलेजका प्राचार्य डाक्टर सुनिल कुमार बत्राले बताए, एसएमजेएन पीजी कलेजको एनएसएसको भूमि, दृष्टि, मनीषा, आकांक्षा, निक्की, तान्या, शिवानी, साक्षी, सौम्या, निकिता, वैष्णवी, ज्योति, इशिका, एकता आदि छात्राहरूले गोविन्दपुरी तथा टिबडी जस्ता क्षेत्रहरूमा घर-घरमा पुगी मानिसहरूलाई स्वैच्छिक रक्तदानको निम्ति प्रोत्साहित गरे। प्राचार्य बत्राले रक्तदानको महत्वमाथि प्रकाश पार्दै सबै छात्राहरूको ई रक्तदाता कोषमा पञ्जीगरण गराए। अधिष्ठाता छात्र कल्याण प्रभारीआइक्यूएसीडा.सञ्जयमहेश्वरीले रक्तदानलाई महादान बताए। राष्ट्रिय सेवा योजनाकी कार्यक्रम अधिकारी डा. पदमावती तनेजाले पनि छात्राहरूसितै घर-घरमा गएर बताइन्, रक्तदान गर्नु अरूको ज्यान बचाउनु मात्र नभेर आफ्नो शरीरको लागि पनि लाभदायक हुन्छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा