प्रदेश कंग्रेस अध्यक्षले प्रदेशवासीहरूलाई दिए विजय दशमीको शुभकामना
प्रदेश कंग्रेस अध्यक्षले प्रदेशवासीहरूलाई दिए विजय दशमीको शुभकामना


शिमला, 01 अक्टोबर (हि.स.)। प्रदेश कंग्रेस अध्यक्ष प्रतिभा सिंहले विजय दशमीमा प्रदेशवासीहरूलाई हार्दिक बधाई अनि शुभकामना दिएकी छन्। प्रतिबा सिंहले भनेकी छन्, विजय दशमीको उत्सवले हामी सबैलाई नराम्रोविरूद्ध राम्रोको मार्ग देखाउँछ।

प्रभु श्रीरामले आजको दिन रावणरूपी नकारात्मकतालाई समाप्त गरेका थिेए। हामी सम्पूर्ण राष्ट्रभरि नै आजको यस उत्सवलाई परम्पराको रूपमा हर्षोल्लासपूर्वक पालन गर्दछौं। यो हाम्रो प्राचीन समृद्ध संस्कृति अनि एकताको पनि प्रतीक हो जसले हाम्रो समाजमा आपसी भाइचारालाई अझ सशक्त बनाउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande