रायपुर, 1 अक्टोबर (हि.स.)। पावर कम्पनीले आश्वासन दिएको भए पनि माग पूरा नभएको कारणले असन्तुष्ट नियमित कर्मचारीहरूले आजदेखि कालो पट्टी बाँधेर काम गर्नेछन् भने नियमतिकरण सहित चार सीत्रीय मागहरूको लागि अस्थायी कर्मचारीहरूले 1 र 2 अक्टोबरमा काम बन्द गर्नेछन्। यसरी नै ट्रान्समिशन कम्पनीका सब स्टेशनहरूका अपरेटरहरूले पनि 2 अक्टोबरमा सामूहिक अवकाशमा बस्ने चेताउनी दिएका छन्।
छत्तीसगढ़ बिजुली कर्मचारी संघ महासंघका क्षेत्रीय अध्यक्ष परमेश्वर कन्नौजे एवं सचिव नीलाम्बर सिन्हाले जानकारी दिएका छन्, ओपीए, एडहकको नियमतिकरण, तीन प्रतिशत तकनिकी भत्ता सहित 22 सूत्रीय मागहरूलाई लिएर कर्मचारीहरूले 1 देखि 8 अक्टोबरसम्म कालो पट्टी बाँधेर विरोध दर्ता ग र्नेछन्। उनीहरूको भनाइ छ, मागहरूको सम्बन्धमा कम्पनी प्रबन्धनले बारम्बार आश्वासन मात्र दिँदै आएको छ, कुनै ठोस निर्णय लिएको छैन। मागहरूलाई लिएर महासंघले चरणबद्ध ढंगमा आन्दोलन गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा