हिसार, 1 अक्टोबर (हि.स.)। हरियाणा कृषि विश्वविद्यालयस्थित सायना नेहवाल कृषि प्रौद्योगिकी, प्रशिक्षण एवं शिक्षा संस्थानमा अक्टोबर महिना अवधि विभिन्न प्रशिक्षण आयोजना गरिनेछ। यो प्रशिक्षण शिविर स्वरोजगारको दिशामा महत्वपूर्ण साबित हुनसक्छ। संस्थानका सह-निदेशक (प्रशिक्षण) डा.अशोक कुमार गोदाराले बुधवार बताए, विश्वविद्यालयका कुलपति प्रो. बीआर कम्बोजको मार्गदर्शनमा समय-समयमा विभिन्न विषयहरूसित सम्बन्धित प्रशिक्षण दिँदै आएको छ।
यसै क्रममा आगामी 3 देखि 9 अक्टोबरसम्म मौरीपालन, 13 देखि 17 अक्तोबरसम्म डेयरी फार्मिंग, 15 देखि 17 अक्टोबरसम्म मशरूम उत्पादन तकनिक, 27 देखि 29 अक्टोबरसम्म बेकरीअनि 29 देखि 31 अक्टोबरसम्म संरक्षित खेतीमाथि प्रशिक्षण आयोजना गरिनेछ। यस प्रशिक्षणमा देश-प्रदेशबाट कुनै पनि शैक्षणिक स्तर, आयु तथा वर्गका इच्छुक महिला एवं पुरूष उम्मेद्वारले भाग लिनसक्नेछन्। यो प्रशिक्षण निशुल्कहो। प्रशिक्षणमा भाग लिने उम्मेद्वारहरूलाई विश्वविद्यालयको पक्षबाट प्रमाण पत्र पनि प्रदान गरिनेछ। इच्छुक उम्मेद्वारहरूले पञ्जीकरणको लागि संस्थानमा प्रशिक्षण शुरूहुने दिननै बिहान 9 बजी पुगेर आफ्नो पञ्जीकरण गराएर प्रशिक्षणमा भाग लिनसक्नेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा