चट्याङ्ग लागेर दुई कृषकको मृत्यु
चट्याङ्ग लागेर दुई कृषकको मृत्यु


जालाैन,1 अक्टोबर (हि.स.)।

डकोर थाना क्षेत्रमा गए मंगलवार अबेर साँझ चट्याङ्ग लागेर दुईजना मानिसहरूको मृत्यु भयो। यस घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो। पहिलो घटना बंधौली गाउँमा भएको हो जहाँ खेतमा काम गरिरहेका 38 वर्षीय किसान हनिफ खान चट्याङ्को चपेटमा परे। उनलाई तुरून्तै अस्पतालमा लगियो जहाँ डाक्टरहरूले मृत घोषित गरिदिए।

अर्को घटना ग्राम गोरनमा भएको हो जहाँ 55 वर्षीय रामकिशोर उपनाम पहलवानले आफ्ना भैंसीहरूलाई चराइरहेका थिए, अचानक वज्रपात भएर तिनी घाइते भए। तिनलाई मेडिकल कलेजमा पुऱ्याइयो जहाँ डाक्टरहरूले मृत घोषित गरिदिए।

प्रभारी निरीक्षक विजय कुमार पाण्डेले बताए, वज्रवातको चपेटमा परी दुईजना मानिसहरूको मृत्यु भएको छ। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande