करूर दुर्घटनापछि विजयले सबै कार्यक्रमलाई अस्थायी रूपमा स्थगित गरिदिए
करूर दुर्घटनापछि विजयले सबै कार्यक्रमलाई अस्थायी रूपमा स्थगित गरिदिए


चेन्नई, 1 अक्टोबर (हि.स.)। तमिलनाडुको करूर ऱ्यालीमा भएको भागदौड़को घटनापछि तमिलागा वेट्री कजगम (टीएमके) नेता विजयले आफ्नो आगामी 15 दिनसम्मका जनसभाहरू सहित सबै कार्यक्रमहरूलाई अस्थायी रूपमा स्थगित गरिदिएका छन्।

पाट्री नेतृत्वले बुधवार एक बयान जारी गरी बताए, करूर दुर्घटनामा हामी आफ्ना मान्छेहरूलाई गुमाएको दुःख अनि पीड़ामा छौं। पार्टी नेताले आगामी दुई सप्ताहको जनसभा आदि जस्ता सबै कार्यक्रमहरूलाई अस्थायी रूपमा स्थगित गरिदिएका छन्।

उल्लेखनीय छ, गत 27 सेप्टेम्बरको दिन करूरको वेलुचामिपुरममा आयोजित विजयको पार्टी प्रचार ऱ्याली अवधि भागदौड़ मचिनाले महिला एवं बाल-बालिकाहरू सहित 41 जना मानिसहरूको मृत्यु भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande