गान्तोक, 01 अक्टोबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले नवरात्रिको शुभ अवसरमा आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
यस अवसरमा मुख्यमन्त्रीले राज्यपाललाई बडा दशैंको शुभकामना प्रेषित गर्दै मिठाई भेट गरे। राज्यपालले पनि मुख्यमन्त्रीको सस्नेह स्वागत गरे र पूर्वको शुभकामना व्यक्त गरेको राजभवनले आज विज्ञप्तिमा जनाएको छ।
यस भेटको क्रममा राज्यपाल र मुख्यमन्त्री राजभवनमा सम्पन्न पूजामा सम्मिलित भएर नवरात्रि र दशैंको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरूको लागि शक्ति, स्वास्थ्य र समृद्धिको प्राप्तिको कामना गरे।
हिन्दुस्थान समाचार / बिशाल