कोरबा, 01 अक्टोबर (हि.स.)। छत्तीसगढ़को कोरबा जिल्लाको कटघोरा थाना क्षेत्रको बरपाली गाउँमा मंगलवार अबेर राति रक्सीको नशामा धुत एक पतिले आफ्नी पत्नीमाथि बञ्चरोले हमला गरी हत्या गऱ्यो। घटनापछि पूरा गाउँमा भयको माहोल छ।
पुलिसबाट प्राप्त जानकारी अनुसार, बरपाली निवासी चैतराम धनवारको आफ्नी पत्नी बन्धन बाई धनवारसित दिनहुँ विवाद हुनेगर्थ्यो। मंगलवार राति पनि यही विवादमा रीसमा आएर चैतरामले बञ्चरोले पत्नीमाथि अन्धाधुन्ध हमला गऱ्यो। हमलामा महिलाको घटनास्थलमै मृत्यु भयो। घटनाको खबर फैलिनसाथ वरपरका गाउँलेहरू घटनास्थलमा एकत्र भए र कटघोरा पुलिसलाई सूचित गरे। पुलिस टीम तुरन्तै घटनास्थलमा पुग्यो र आरोपीलाई पक्राउ गऱ्यो। शवलाई पोस्टमार्टमको निम्ति पठाइएको छ।
मामिलामा कोरबा एसपी सिद्धार्थ तिवारीले आज बुधवार बताए, मामिलाको प्राथमिक जाँचमा पारिवारिक कलह हत्याको कारण हो भऩ्ने थाहा लागेको छ। आरोपी विरूद्ध हत्याको मामिला दर्ता गरी अग्रिम कारबाही जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी