धर्मशाला, 01 अक्टोबर (हि.स.)। जिल्ला पुलिस नूरपुरद्वारा नशा विरूद्ध चलाइएको अभियान अन्तर्गत नशा माफिया विरूद्ध ठूलो कारबाही गर्दै एक कुख्यात नशा तस्करबाट 64.32 ग्राम हेरोइन जफत गरिएको छ। पुलिस थाना रैहण अन्तर्गत डीएवी स्कूल निकट नाकाबन्दीमा रवि कुमार पुत्र किशोर कुमार गाउँ झांझवा तहसील फतेहपुर जिल्ला कांगड़ाको गाड़ी नम्बर एचपी 88-7916 लाई चेकिङ गर्दा 64.32 ग्राम हेरोईन जफत गरियो। आरोपी रवि कुमारलाई पक्राउ गरी उ विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।
एसपी कांगड़ा अशोक रत्नले बताए, उपरोक्त मामिलामा आरोपीलाई पक्राउ गरी अग्रिम कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी