सोनादा, 10 अक्टूबर (हि.स.)। अल बेंगाल टिचर्स एसोसिएसनको तर्फबाट रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रका पैह्रो पीडित परिवारहरुलाई राहत वितरण गरिएको जानकारी प्राप्त भएको छ। उक्त टोलीले चन्द्रमानधुराको राहत शिविरमा पुगेर राहत सामग्रीहरु अन्तर्गत खाने कुराहरु प्रदान गरेको छ।
अल बेंगाल टिचर्स एसोसिएसनको तर्फबाट चन्द्रमानधुरा अन्तर्गत शान्तिमानधुरा गाउँको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण पनि गरेको सचिन खातीले बताए। उनले यस गाउँमा पैह्रोले 42 घरहरु प्रभावित बनाएको बताउँदै पीडित परिवारहरुको पुनर्वासको लागि जमीन हेर्ने काम गर्नुपर्ने विषयमा जोड दिए।
यस विषयमा अतिरिक्त श्रम अधिकारीसित बातचीत गरेको र यो विषयमा अहिले बगान बन्द भएकोले जिल्ला शासक र भूमि अनि भूमि सुधार विभागबाट जमीन आवण्टन गरेर पुनर्वास गरिने जानकारी गराइएको बताए। उनले उक्त पैह्रोग्रस्त क्षेत्रको निरीक्षण साथै राहत सामग्रीहरु वितरणपछि पूर्व सांसद आरबी राईसित भेटघाट गरेको बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक