बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन- भाजपा
बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन- भाजपा


दार्जिलिङ, 11 अक्टोबर (हि.स.)। बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन भनी भाजपा दार्जिलिङले बताएको छ। गत 7 अक्टोबरमा गोजमुमोको 18औं स्थापना दिवसमा गोजमुमो महासचिव महासचिव रोशन गिरीले दिएको वक्तव्यसित भाजपा सहमत छैन भनी भारतीय जनता पार्टी युवा मोर्चा दार्जिलिङ जिल्ला अध्यक्ष निरज राई बान्तावाले बताएका छन्।

गोजमुमोको 18औं स्थापना दिवसमा बोल्दै गोजमुमो महासचिव रोसन गिरीले भनेका थिए, केन्द्रिय गृहमन्त्रीले गोर्खाल्यान्ड नहुने, तर हामीलाई बीटीआर मोडलको रिजन हुने बताएका थिए। भाजपा दार्जिलिङ उनको यो वक्तव्यसित सहमत छैन। यो उनीहरुको मनगढन्ते र गोजमुमोलाई हिरो बनाउने सस्तो वक्तव्य मात्रै हो, निरज राईले‌ बताए।

उनले भने, 'भाजपा दार्जिलिङ जिल्ला समितिलाई बीटीआर मोडलबारे केही खबर छैन। यस्तो मोडलबारे चासो पनि छैन। बीटीआर मोडलको व्यवस्था भाजपाको एजेन्डा होइन। पहाड, तराई र डुवर्स सबैको आकाँक्षा बंगालदेखि अलग हुने हो। यसको लागि सबै एक हुनु जरुरी छ। तर, यहाँ घटक दलको भएर उनीहरू नै मूल एजेन्डादेखि आफूलाई अलग देखाउने र सरकार अघि मतभेद र अमेलता सृष्टि गरिरहेको छ।'

निरज राईले अघि भने, 'गत त्रिपक्षीय सभामा पनि गोजमुमो महासचिव रोसन गिरीले गृह राज्यमन्त्री सामु बीटीआर मोडलको वक्तव्य राखेको खबर थियो। यो गोजमुमो दलको आफ्नो एजेन्डा हो। तर, दार्जिलिङ पहाडको जनताको होइन। हामी पहाडको जनताको आकाँक्षाप्रति गम्भीर छौं। गोजमुमोले स्थापना दिवस मनाउँदै भाजपालाई चुनौती दिनु र हाम्रो कार्यकर्ताहरुलाई गाली गर्नु राजनीतिक अभद्रता र अपरिपक्कता हो।

उनीहरुलाई बीटीआर मोडलको वचन केन्द्रिय गृहमन्त्रीले दिइसकेका छन् भने भाजपालाई अल्टिमेटम दिनुको कुनै महत्त्व छैन भनी उनले बताए। गोजमुमो अध्यक्ष बिमल गुरुङले दार्जीलिङ पहाडको जनता र उनीहरुका राजनीतिक मागप्रति चरम उदासीनता र विरोध गर्ने ममता ब्यानर्जी र टीएमसी सरकारप्रति एक शब्द किन विरोध गरेनन्? भनी उनले प्रश्न गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande