दाँतनमा अबेर राती तृणमूल नेताहरूको घरमा भयानक आगलागी, पुलिस अनि दमकलको तत्परतामा आगो निभाइयो
दाँतनमा अबेर राती तृणमूल नेताहरूको घरमा भयानक आगलागी, पुलिस अनि दमकलको तत्परतामा आगो निभाइयो


पश्चिम मेदिनीपुर, 11 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको दाँतन-2 ब्लक अन्तर्गत सबैभन्दा विशाल क्षेत्रमा गए शुक्रवार अबेर राती त्यसबेला भाग-दौड़ मचियो जतिबेला तृणमूल कंग्रेसका दुईजना नेताहरूको घरमा अचानक भीषण आगो लाग्यो। घटनामा दुवै घर जलेर खरानी भएको छ।

घटना बारे जानकारी पाउनसाथ खड़गपुरका अतिरिक्त पुलिस अधीक्षक सन्दीप सेन, बेलदा थाना प्रभारी गोवर्धन साहू, जोगेड़िया फाड़ीका प्रभारी दीपक देव, एसडीपीओ रिपन बाउल औ सीआई शेख रबी उद्दीन तत्काल घटनास्थलमा पुगे। प्रशासनिक तत्परता अनि ग्रामीणहरूको सहयोगले लगभग दुई घण्टाभित्रमा आगोलाई नियन्त्रण गरियो।

प्राप्त जानकारी अनुसार शुक्रवार राती लगभग दश बजे साबड़ा क्षेत्रमा ब्लक तृणमूल अध्यक्ष इफ्तेखार अली औ उनका छिमेकी जिल्ला परिषद सदस्य खैरुल बाशार खान उपनाम बाबुलको माटोले बनिएको घरमा अचानक आगो लाग्यो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि वरपरसम्म फैलिन थाल्यो। ग्रामीणहरूले तुरून्तै राहत कार्य शुरू गरे साथै दमकललाई पनि सूचना दिए।

सूचना पाएर एगराबाट आएको दमकलको एउटा वाहन घटनास्थलमा आगो निभाउन जुट्यो। बेलदा थाना पुलिस अनि स्थानीय मानिसहरूको मद्दतले अबेर राती लगभग 12 बजेसम्ममा आगोलाई पूर्ण रूपमा नियन्त्रण गरियो।

घटनाको सूचना पाउनसाथ दाँतन-2 ब्लकका बीडीओ अभिरूप भट्टचार्य पनि घटनास्थलमा पुगे अनि स्थितिको जायजा लिए। तथापि आगलागीको सठीक कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande