आचार्य मनोज दीक्षित बने अखिल भारतीय सारस्वत परिषदको चयन समितिका राष्ट्रिय अध्यक्ष
आचार्य मनोज दीक्षित बने अखिल भारतीय सारस्वत परिषदको चयन समितिका राष्ट्रिय अध्यक्ष


नयाँ दिल्ली, 11 अक्टोबर (हि.स.)। अखिल भारतीय सारस्वत परिषदले आचार्य मनोज दीक्षितलाई आफ्नो केन्द्रिय चयन समितिको राष्ट्रिय अध्यक्ष निुक्त गरेको छ। यसको औपचारिक घोषमा शनिवार परिषदका महानिदेशक तथा राष्ट्रिय संयोजक डा. विवेकानन्द तिवारले गरे. आचार्य मनोजले आफ्नो नियुक्ति पश्चात भने, यो नियुक्ति राष्ट्रवादी संगठन अखिल भारतीय सारस्वत परिषदलाई अझ सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम हो।

डा. विवेकानन्द तिवारीले भने, आचार् मनोजको नियुक्तिबाट परिषदको मिशन अझ सुदृढ़् हुनेछ। उनको नेतृत्वले राष्ट्र अनि समाजको उत्थानमा महत्वपूर्ण योगदान दिनेछ। परिषदको उदेश्य भारतको समृद्ध संस्कृति, शिक्षा औ सामाजिक मूल्यहरूलाई प्रोत्साहित गर्नुहो। यो संस्था राष्ट्र्को एकता अनि सर्वाङ्गीण विकासको लागि कार्यरत छ।

अखिल भारतीय सारस्वत परिषद देशका प्रमुख हस्तिहरूसित जोड़िएका छन् जसमा जगदगुरु शंकराचार्य पुरी स्वामी निश्चलानन्द सरस्वती, पूर्व राष्ट्रपति रामनाथ कोविन्द, केन्द्रिय मन्त्री नितिन गडकरी एवं राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय अधिकारी सामेल छन्। यो संगठन सामाजिक एकता औ राष्ट्रको समग्र विकासको निम्ति निरन्तर प्रयासरत छ। संस्थाको मान्यता छ, व्यक्ति, परिवार तथा समाजको सर्वाङ्गीण विकासले नै भारतलाई परम वैभव तर्फ दोहोऱ्याउन सक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande