अलिपुरद्वार जिल्ला परिषदको वेबसाइट ह्याक, पाकिस्तानको झण्डा र धम्कीपूर्ण सन्देशबाट मचियो खैलाबैला
अलिपुरद्वार जिल्ला परिषदको वेबसाइट ह्याक, पाकिस्तानको झण्डा र धम्कीपूर्ण सन्देशबाट मचियो खैलाबैला


अलिपुरद्वार, 11 अक्टोबर (हि.स.)। अलिपुरद्वार जिल्लामा गए शुक्रवार साँझ जिल्ला परिषद कार्यालयमा अचानक कोकोहोलो मचियो जतिबेला परिषदको आधिकारिक वेबसाइटमा ह्याकिंग अलर्ट देखिन थाल्यो। वेबसाइट खोल्नसाथ स्क्रीनमा पाकिस्तानको झण्डा अनि धम्कीपूर्ण सन्देश देखियो। सन्देशमा भारतको “डिजीटल इण्डिया” योजनालाई लिएर धम्की दिइएको थियो।

सूत्र अनुसार गए शुक्रवार साँझ जिल्ला परिषदको वेबसाइटमा टेण्डर विभागको पेज खोल्दा अचाानक यस्तो सन्देश आयो। सन्देशमा लेखिएको थियो, “डिजीटल इण्डियाको सपना कहिल्यै पूरा हुने छैन, किनभने पाकिस्तान बारम्बार ह्याकिंगको माध्यमबाट यस सपनाको मार्गमा बाधा बन्नेछ, डर फैलाउनेछ अनि डेटा चोरी गर्नेछ।”

उक्त घटनापछि कार्यालयमा खैलाबैला मचियो। तुरून्त यसको सूचना जिल्ला परिषतकी सभाधिपति स्निग्धा शैवलाई दिइयो। उनले घटनास्थलमा पुगेर मामिलाको जाँच गरिन्। वेबसाइटको रखरखाउ गर्ने कम्पनीलाई पनि तुरून्त सूचित गरियो।

कम्पनीले जिल्ला परिषदलाई आश्वासन दिएको छ, शनिवारसम्ममा वेबसाइटलाई सही गरिनेछ। स्निग्धा शैवले बताइन्, “वेबसाइटमा पाकिस्तानको झण्डा र सन्देश देखियो, तर अहिलेसम्म यस्तो कुनै प्रमाण भेटिएको छैन जसबाट यो साबित हुन सकोस् कि कुनै आपराधिक गतिविधि भएको छ वा डेटा चोरी भएको छ। त्यसैले अहिलेसम्म पुलिसमा सिकायत दर्ता गरिएको छैन्।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande