गुवाहाटी, 11 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमले शनिवार राज्यकी प्रत्येक युवतीको लागि समान अवसर सुनिश्चित गर्नको लागि आफ्नो सरकारको अटुट प्रतिबद्धतालाई दोहोऱ्याए। अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बोल्दै मुख्यमन्त्रीले यसमाथि बल दिए, प्रत्येक युवती अद्वितीय छन् र एक सुरक्षित एवं सहायक वातावरणमा विकसित हुने हक छ।
सोशल मीडिया प्लेटफर्म एक्सको एक पोस्टमा उनले भने, अन्तर्राष्ट्रिय बालिका दिवसमा हामी यो सुनिश्चित गर्ने आफ्नो दृढ़ संकल्पलाई दोहोऱ्याउँछौ कि प्रत्येक युवतीलाई शिक्षा, अवसर एवं सिक्ने, बढ़्ने तथा आत्मविश्वासको साथमा नेतृत्व गर्नको लागि एक सुरक्षित, सहायक वातावरणसम्म समान पहुँच प्राप्त होस्, किनभने हरेक युवती विशेष छन्। अन्तर्राष्ट्रिय बालिका दिवस जुन प्रतिवर्ष 11 अक्टोबरमा मनाइन्छ,-को उदेश्य युवतीहरूको अधिकार, उनीहरूमाथि आइलाग्ने विशिष्ट चुनौतीहरूको बारेमा जागरूकता बढ़ाउनु तथा वैश्विक स्तरमा उनीहरूको सशक्तिकरणलाई प्रेरित गर्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा