आरएसएसको 100औं वर्षगाँठमा जारी भएको स्मारक सिक्का अनि डाक टिकट अब अनलाइनमा उपलब्ध
आरएसएसको 100औं वर्षगाँठमा जारी भएको स्मारक सिक्का अनि डाक टिकट अब अनलाइनमा उपलब्ध


कोलकाता, 11 अक्टोबर (हि. स.)। राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) स्थापना भएको 100 वर्ष पूरा भएको उपलक्ष्यमा भारत सरकारले विशेष स्मारक सिक्का र डाक टिकट जारी गरेको छ। कोलकाता टकसालद्वारा निर्मित यो स्मारक सिक्का अब आधिकारिक वेबसाइट https://indiagovtmint.in/hi/product-category/kolkata-mint/ मा अनलाइन खरिदको लागि उपलब्ध छ। कोलकाता टकसालसित सम्बन्धित एकजना वरिष्ठ अधिकारीले शनिवार यसको पुष्टि गर्दै भने, वित्त मन्त्रालयको आदेशमा यसलाई अनलाइन उपलब्ध गराइएको छ।

उनले भने, यो आरएसएसको सय वर्षीय सेवा, एकता औ समर्पणलाई सम्मानित गरेको प्रतीक हो। उनले बताए, यी स्मारक सिक्का तथा डाक टिकटको माध्यमबाट सरकारले ती संगठनको ऐतिहासिक यात्रालाई नमन गरेको छ जसले भारतको सामाजिक अनि सांस्कृतिक जीवनलाई गहिराईबाटै प्रभावित पारेको छ।

सरकारको यस पहलले देशभरि नै प्रशंसा बटुलिरहेको छ। कतिपय मानिसहरूले यसलाई आरएसएसले राष्ट्र निर्माणमा दिएको योगदानप्रति एक उपयुक्त श्रद्धाञ्जली बताएका छन्।

पश्चिम बंगालमा संघसित जोड़िएका एकजना वरिष्ठ पदाधिकारीले भने, यस पहलको प्रतीक्षा लामो समयदेखिकै गरिँदैथ्यो, किनभने यो डाक टिकट र सिक्का जारी भएदेखि नै यसलाई संग्रह गर्नका लागि देशभरिका स्वयंसेवक तथा आम मानिसहरू उत्सुक भएका छन्। अब मानिसहरूले यसलाई सहजै खरिद गर्न सक्नेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande