दैनिक मजदुरी गर्ने व्यक्तिको छोरा असम पुलिसमा एसआई भए
दैनिक मजदुरी गर्ने व्यक्तिको छोरा असम पुलिसमा एसआई भए


नगांव (असम), 11 अक्टोबर (हि.स.)। असम डाइरेक्ट रिक्रूटमेन्ट एग्जामिनेशन (एडीआरई) परीक्षाको परिणाम घोषणा भएपछि यस्ता केही उम्मेद्वारहरूको भाग्य परिवर्तन भयो जसले सही अर्थमै एक छाक टार्नको लागि ठूलो संघर्ष गर्दै आइरहेका थिए। यसै क्रममा नगाउँ जिल्लान्तर्गत बटद्रवाको राइडंगिया निवासी विनय बोराको नाम पनि सामेल भएको छ।

गए शुक्रवार एडीआरईको परीक्षा परिणाममा राइडंगियामा दैनिक मजदुरी गर्ने प्रभात बोराका छोरा विनय बोराको नाम प्रकाशित हुनसाथ सम्पूर्ण गाउँमा हर्ष व्याप्त भयो। विनय बोरालाई नियुक्तिको सूचना प्राप्त हुनसाथ विनयका माता-पिता, शिक्षक एवं गाउँका मानिसहरूले प्रसन्नता व्यक्त गर्दै सरकारी नोकरीको नियुक्ति प्रक्रियामा देखिएको पारदर्शिताको सराहना गरे।

राइडंगिया गााउँका दैनिक मजदुर प्रभात बोरा (पिता) औ माता जुली बोराका एकमात्र छोरा विनय बोराले एडीआरई परीक्षामा सफलता प्राप्त गरेर असम पुलिस उप-निरीक्षकको पदमा नियुक्ति प्राप्त गरेका छन्।

उल्लेखनीय छ, दैनिक मजदुरी गर्ने पिताका पुत्र विनयले आफ्नो पढ़ाईसँगसँगै निजी शिक्षण संस्थानहरूमा पढ़ाउने, घरमा ट्यूशन पढ़ाएर आफ्नो र परिवारको पालन पोषण गरे। क्षेत्रका मेधावी तथा सादगीपूर्ण छात्रको यस सफलताको लागि उनको घरमा पुगेका शिक्षकहरूले पनि आशीर्वाद अनि बधाई दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande