पश्चिम मेदिनीपुर, 11 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको पाँशकुड़ा थाना क्षेत्रमा शनिवार बिहान भएको एक सड़क दुर्घटनामा एकजना बुजुर्गको मृत्यु भयो। यो घटना घाटाल-पाँशकुड़ा रोड, काली बजार, जसौड़ा ग्राम नजिक भएको ह ो।
जानकारी अनुसार मृतक सन्तोष खाड़ा (60 वर्ष), दासपुर थाना क्षेत्रको अड़खाना ग्राम निवासी, बिहान लगभग 7 बजे साइकल मार्फत बजार गइरहेका थिए। मुख्य सड़क मार्गमा भइरहेको निर्माण कार्यको कारणले सड़कमा खाल्डो परेको थियो जसले गर्दा सन्तोषको साइकल एक प्राइभेट कारसित ठोक्कियो। यो घटना यतिसाह्रो भयानक थियो कि कार सन्तोषमाथि गुड़ेको थियो जसले गर्दा उनको घटनास्थलमै मृत्यु भयो।
स्थानीय मानिसहरू अनि बाटो हिँड़्ने बटुवाहरूले तुरून्त पुलिस अनि अस्पतालाई सूचित गरे। घाटाल-पाँशकुड़ा थानाको पुलिससे घटनास्थलमा पुगेर निरीक्षण गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो।
उक्त घटनाले स्थानीय मानिसहरूमा आक्रोशित बनाएको छ। उनीहरूको भनाइ छ, सड़कमा लाग्ने हाट-बजार लगातार दुर्घटनाहरूको कारण बनिरहेको छ। ग्रामीणहरूले बताए, दासपुर, सोनामुड़ी, कलोड़ा, टालीभाटा, हरीरामपुर, लंकागढ़ औ सिंगाघाई जस्ता स्थानहरूमा सड़कमाथि नै बजार लाग्छ। उनीहरूले प्रश्न उठाए, ययो सड़क यातायातको लागि हो कि हाट-बजार लगाउनको लागि हो?
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा