हुगलीमा छात्रासित अभद्र व्यवहार गरेको आरोपमा गृहशिक्षक पक्राउ
हुगलीमा छात्रासित अभद्र व्यवहार गरेको आरोपमा गृहशिक्षक पक्राउ


हुगली, 11 अक्टोबर (हि.स.)। हुगली जिल्ला अन्तर्गत चुचुड़ा क्षेत्रका एक जना निजी शिक्षकमाथि छात्रासित अभद्र व्यवहार गरेको आरोप लागेको छ। आरोप छ, छात्रा ट्यूशन पढ़्नको लागि शिक्षकको भाड़ाको घरमा पुग्दा त्यहाँ अन्य कुनै पनि विद्यार्थीहरू उपस्थित थिएनन्। यसैको फाइदा उठाएर शिक्षकले उसित दुर्व्यवहार गऱ्यो। घटनापछि गए शुक्रवार छात्राको परिवारले आरपी शिक्षकमाथि कुटपिट पनि गऱ्यो। पछि पुलिसले शिक्षकलाई पक्राउ गऱ्यो।

जानकारी अनुसार आरोपी शिक्षक पूर्व बर्दवान जिल्लाका निवासी हुन् र हुगलीको एक कलेजमा पार्ट-टाइम लेक्चररको रूपमा कार्यरत छन्। तिनले पछिल्लो केही वर्षदेखिको चुचुड़ामा भाड़ाको घरमा बसेर ट्यूशन पढ़ाउँदै आइरहेका छन्। बिहानदेखि साँझसम्मै तिनको घरमा कक्षाहरू संचालन भइरहन्छ।

आरोप छ, गत मंगलवारको दिन कलेजको प्रथम वर्षकी छात्रा ट्यूशन पढ़्न शिक्षकको घरमा पुग्दा उसित अनुचित व्यवहार गरियो। त्यसबेला कोठामा कोही थिएन। छात्राले शुक्रवार चुचुड़ा महिला थानामा सिकायत दर्ता गराउनपूर्व छात्राको परिवारले शिक्षकमाथि हमला गऱ्यो। पुलिसले घटनास्थलमा पुगेर शिक्षकलाई भीड़देखि बचाएर थानामा लग्यो।

घटनाको जानकारी पाएपछि हुगली-चुचुड़ा नगरपालिकाको 11 नम्बर वार्डकी पार्षद मौसुमी बसु चट्टोपाध्याय घटनास्थला पुगिन्। उनले भनिन्, “मैले पुलिसलाई तुरून्तै फोन गरेँ। यसप्रकारको घटना गम्भीर हो, तर पहिला यसको सत्यताको जाँच हुनुपर्छ। यदि आरोप सही हो भने शिक्षक-छात्रा सम्बन्धको लागि लज्जास्पद हो, तर यदि यो झुटो हो भने वास्तविकता उजागार हुनुपर्छ।”

तथापि स्थानीय मानिसहरू जसको नानीहरू पनि ती शिक्षकसित पढ़्दै आएका छन्,- ले उक्त आरोपमाथि विश्वास गरिरहेका छैनन्। एकजना अभिभावकले भने, “हाम्रो सर अत्यन्त सुशील व्यक्ति छन्। उनले सदैव झ्याल-ढोका खुल्ला राखेर पढ़ाउँछन्। कसैले उनलाई फसाएको हो।”

एक जना छात्राले बताइन्, “म पछिल्लो तीन वर्षदेखिको सरसित पढ़्दै आएकी छु। उनले कहिल्यै पनि गत व्यवहार गरेका छैनन्। यो आरोप झूटो है।”

हाल पुलिसले शिक्षकलाई पोक्सो एक्ट अन्तर्गत पक्राउ गरेको छ। शनिवार उनलाई चुचुड़ा पोक्सो अदालतमा पेश गरिनेछ। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande