- वित्त वर्ष 2024-25 मा मानस राष्ट्रिय उद्यानमा आए 64463 पर्यटक जसमा 60744 घरेलु र 3719 विदेशी पर्यटक सामेल छन्
बाक्सा (असम), 11 अक्टोबर (हि.स.)। विश्व धरोहर स्थल मानस राष्ट्रिय उद्यानमा अहिलेघरि पर्यटकहरूको घुइँचो देखिएको छ। यसरी पर्यटकहरूको आगमनले पर्यटन क्षेत्रसित जोड़िएका स्थानीय मानिसहरूमाझ हर्ष व्याप्त भएको छ।
मानस राष्ट्रिय उद्यानका अधिकारीहरूले बताएका छन्, यस उद्यानलाई गत 24 सेप्टेबरको दिन पर्यटन वर्ष 2025-26 को लागि वर्षापछि खोलिएको थियो। राष्ट्रिय उद्यान खोलिनसाथ उद्यानमा अनेकौं देशी र विदेशी पर्यटकहरूको आगमन भयो। यहाँ आउने पर्यटकहरूले खुल्ला मनले यहाँको प्राकृतिक सुन्दरताको आनन्द लिनको साथै राष्ट्रिय उद्यानमा बस्ने बाघ, हात्ती, गैंड़ा, भैंसी सहित विभिन्न प्रजातिका जीव-जन्तु एवं पंक्षीहरूलाई देखेर आनन्दित भइरहेका छन्।
उल्लेखनीय छ, मानस राष्ट्रिय उद्यानमा जीव-जन्तुहरूको संख्या बढ़िरहेको छ। वित्त वर्ष 2024-25 मा यहाँ 64,463 पर्यटक आए जसमा 60,744 घरेलु र 3,719 विदेशी पर्यटक थिए। यहाँ पछिल्लो वित्तीय वर्षको तुलनामा पर्यटकहरूको संख्यामा वृद्धि दर्ता गरिएको थियो।
--
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा