पश्चिम मेदिनीपुर, 11 अक्टोबर (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर-2 नम्बर ब्लक अन्तर्गत चांगुअल ग्राम पञ्चायत कार्यालयमा गए शुक्रवार साँझ आयोजित एक साधारण सभा (जेनरल बडी मीटिंग) अवधि ठूलो बबाल मचियो। पञ्चायतकी महिला प्रमुखमाथि उनकै पार्टीका पञ्चायत सदस्यहरूले कथित रूपमा कुटपिट, गाली अनि कालो मोसो पोतिदिएको घटनाले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ।
प्राप्त जानकारी अनुसार चांगुअल ग्राम पञ्चायतको बैठक शुरू हुन अगावै तृणमूल कंग्रेसकी पञ्चायत सदस्य सुजाता देले पञ्चायत प्रमुख दीपाली सिंहमाथि आरोप लगाइन्, पञ्चायत प्रमुखले उनीहरूको क्षेत्रमा कुनै काम गर्न दिरहेकी छैनन्। यस आरोपलाई लिएर यी दुईमाझ चर्काचर्की भयो जुन हेर्दा-हेर्दै हातपातमा परिणत भयो।
आरोप छ, पञ्चायत प्रमुख दीपाली सिंहले सुजाता देमाथि कुटपिट गरिन् अनि तिनीमाथि कालो पनि दलिदिइन्। यसको विरोधमा सुजादा दे आफ्ना समर्थकहरू अनि तृणमूल कंग्रेसका महिला कार्यकर्ताहरूको साथमा पञ्चायत कार्यालयको गेटमा ताला लगाएर विरोध प्रदर्शनमा बसिन्। स्थिति त्यसबेला झन् बिग्रियो जतिबेला कथित रूपमा केही महिला कार्यकर्ताहरूले पञ्चायत कार्यालयभित्र पसेर पञ्चायत प्रमुख दीपाली सिंहमाथि कुटपिट गर्दै तिनको कपड़ा च्यातिदिए।
यसबीच पञ्चायत प्रमुख दीपाली सिंहले प्रत्याक्रमण गर्दै भनिन्, सुजाता देले नै उनीसित हातपात गरेकी हुन् साथै कालो मोसो दलिदिएकी हुन्। उनले भनिन्, “विवाद हुँदै गर्दा सुजाता ममाथि जाइलागिन् र मेरो अनुहारमा कालो मोसो दलिदिइन्। यो सबै भाजपाको षड़यन्त्र हो।”
अर्कोतिर सुजाता देको आरोप छ, पञ्चायत प्रमुख स्वयंले उनीसित दुर्व्यवह्रार गरिन्। उनलाई कालो मोसो पोतिदिइन्। उनले भनिन्, “मेरो क्षेत्रमा कुनै काम हुन दिरहेकी थिइन। मैले विरोध गर्दा ममाथि हमला गरियो। दीपाली सिंह स्वयंले आफ्नो अनुहारमा कालो दलिन् ताकि झुटो आरोप लगाउन सकियोस्।”
घटनाको जानकारी पाए लगत्तै खड़गपुर लोकल थानाको पुलिस अनि खड़गपुर-2 नम्बर ब्लकका ज्वोइन्ट बीडीयो घटनास्थलमा पुगे। यद्यपि उनीहरूले यस मामिलामा कुनै आधिकारिक टिप्पणी गरेनन्।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा