30 मिनटमा 70 मिलीमीटरको वर्षाले फेरि डुबायो कोलकाता
30 मिनटमा 70 मिलीमीटरको वर्षाले फेरि डुबायो कोलकाता


कोलकाता, 11 अक्टोबर (हि. स.)। राजधानी कोलकाता एक पटक फेरि क्षणभरको वर्षाले जलमग्न भएको छ। दुर्गा पूजाको समयमा लगातार परेको पानीले जल निकासी व्यवस्थाको दयनीय अवस्थाको पोल खोलिदिएको भए पनि नगरनिगमले यहाँबाट पाठ सिकेन। त्यसबेला एघारजना मानिसहरूको मृत्यु भएको थियो। गए शुक्रवार अपरान्हपछि शुरू भएको वर्षाले फेरि एकपटक महानगरमा कोलकाता नगरनिगमको अव्यवस्थाको पोल खोलिदिएको छ। यहाँ मात्र 30 मिनटमा 70 मिलीमीटर वर्षा दर्ता गरियो जसले सारा शहरलाई डुबाएको छ। शनिवारसम्म त्यस्तै स्थिति यथावत छ।

शुक्रवार परेको मात्र आधा घण्टाको मुसलधारे पानीले कोलकातालाई पूर्ण रूपलमा जलमग्न बनाइदियो। उत्तरको सुकिया स्ट्रीट र ठनठनियादेखि लिएर दक्षिणको अलिपुर अनि बेहालासम्मका धेरैवटा सड़कहरूमा पानी भरियो। कसबा, तिलजला औ तपसिया क्षेत्रमा पनि घण्टौंसम्म पानी जमिरह्यो।

कोलकाता नगरनिगम अनुसार दक्षिण कोलकाताको जोधपुर पार्कमा दुई घण्टाभित्रमा 83 मिलीमीटर वर्षा दर्ता गरियो भने बालीगञ्जमा 58 मिलीमीटर वर्षा भयो। यसरी नै सल्टलेकमा पनि एक घण्टासम्म घना वर्षा भएको कारमले कतिपय क्षेत्रहरूमा पानी भरियो।

नगरनिगमको सफाई विभागीय अधिकारीहरूले बताए, साँझसम्ममा अधिकांश प्रमुख सड़कहरूबाट पानीलाई निकालिसकिएको थियो।तर ठनठनिया, मानिकतला, तिलजला औ तपसियाका केही भागहरूमा अबेर रातीसम्म पानी जमिरह्यो। यसले गर्दा यातायातको गति मन्द भयो अनि कार्यालयहरूबाट घर फर्किनेहरूलाई धेरै असुविधा भयो।

निकासी विभागीय अधिकारीले बताए, वर्षाको पानीले प्लास्टिक तथा थर्माकोलहरूलाई पनि बगाएर ल्याएको कारणले पम्पहरूमा बारम्बार अवरोध उत्पन्न भइरहेको थियो। पम्पलाई बन्द गरेर पहिला यस्ता वस्तुहरूलाई निकाल्नुपर्छ, नत्र पम्प बिग्रिनसक्छ। त्यसैले पानीलाई निकाल्नमा समय लाग्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande